गोठ समितिको नयाँ निर्णय -घाँसको जरिवाना बँधुवा प्रतिवस्तुलाई २५०, चरुवालाई पाँचसय

गोठ समितिको नयाँ निर्णय -घाँसको जरिवाना बँधुवा प्रतिवस्तुलाई २५०, चरुवालाई पाँचसय
धार्चे ५ गुम्दामा गोठ समितिको बैठक बस्दै । तस्बिर :कर्ण गुरुङ

चरुवा वस्तुभाउ फुस्केर कसैको बाली खाएमा पाँचसय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको स्थानीय वुद्धिमान गुरुङले जानकारी दिए । बाख्राका लागि २० रुपैयाँ जरिवाना तोकिएको छ। अघिल्लो वर्षभन्दा यसवर्ष जरिवाना दर बढाइएको उनले बताए ।

गोरखा : व्यवसायिक हकहितका लागि उद्योगी,व्यापारीहरूको अलग्गै संघसंस्था छन्। निजामती कर्मचारीको अलग्गै,निर्माण व्यवसायी,हवाई व्यवसायी,आरोही सबैको हकहितको पक्षमा काम गर्ने संघसंस्थाहरू हुन्छन् । 

गोरखाको उच्च पहाडी भेग धार्चेको लेकमा गोठमा बस्नेहरूले पनि गोठ र गोठालाको हक र हितका क्षेत्रमा काम गर्ने उद्देश्यले गोठ समिति बनाएका छन् ।

लेक,खर्क,चरन,पाटन,माडीको साँध सीमाको बारेमा छलफल,होचो अर्गेल्याईँ भने समाधान गर्छन् । कसैको वस्तुभाउले कसैको बारी तथा अर्काको चरनको घाँस खाए दण्ड जरिवाना तिराउँछन् ।

परापूर्व कालदेखि नै गठन भएका समितिले भदौ लाग्नासाथ गोठालाहरूको भेला गर्छन् । लेक,खर्क,चरन,पाटन,माडीको साँध सीमाको बारेमा छलफल,होचो अर्गेल्याईँ भने समाधान गर्छन् । कसैको वस्तुभाउले कसैको बारी तथा अर्काको चरनको घाँस खाए दण्ड जरिवाना तिराउँछन् ।

धार्चे गाउँपालिका- ३ उहियाको गोठमा बस्नेहरू आवद्ध भएको गोठ समितिले वस्तुभाउबाट हुने गरेको होचो,अर्गेलोको जरिवाना तोकेका छन् । हरेक वर्षझैं यसवर्ष पनि भदौ १ गते बसेको गोठ समितिको बैठकले लेक, खर्क, माडी, चरनक्षेत्र, खुलाउने, बन्द गर्ने मितिसमेत तय गरेको छ । 

अरुको बारीमा घाँस काटेमा बँधुवा प्रतिवस्तुभाउका लागि दुईसय २५०,चरुवा वस्तुभाउ फुस्केर कसैको बाली खाएमा पाँचसय रुपैयाँ जरिवाना र  बाख्राका लागि २० रुपैयाँ जरिवाना तोकेको छ।

समितिले अरुको बारीमा घाँस काटेमा बँधुवा प्रतिवस्तुभाउका लागि दुईसय २५० तिराउने निर्णय गरेको छ। चरुवा वस्तुभाउ फुस्केर कसैको बाली खाएमा पाँचसय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको स्थानीय वुद्धिमान गुरुङले जानकारी दिए । बाख्राका लागि २० रुपैयाँ जरिवाना तोकिएको उनले बताए । अघिल्लो वर्षभन्दा यसवर्ष जरिबाना दर बढाइएको उनले बताए ।

यो जरिवानाको व्यवस्था असारदेखि भदौभरिका लागि हो । बैठकले आउँदो मंगलबार लेकका वस्तुभाउ बेशी झार्ने निर्णय पनि गरेको छ । सबैतिरबाट बेशी झारिसकेपछि भदौ १२ गते एकत्रित गरी फेरि कुनकुन लेक, खर्क, चरनमा लैजाने भनेर निर्धारण गर्ने उनले बताए । 

जरिवानाबापत संकलन भएको रकम गोठ जाने बाटोघाटो बिग्रे भत्केको ठाउँमा मर्मत गर्ने गरिन्छ । साथै समय समयमा लेकमा पूजाआजा गर्नुपर्दा खर्च गरिने।

जनप्रतिनिधिको व्यवस्था हुनुअघिदेखिको परम्परालाई निरन्तरता दिँदै धार्चे ५ गुम्दामा पनि गोठ समितिको बैठक सम्पन्न भइसकेको छ । भेलाले अर्काको बारीको घाँस काटेको जरिवाना दरमा वृद्धि गरेको छ । बँधुवा वस्तुभाउका लागि अर्काको बारीको घाँस काटेबापत दुईसय रुपैयाँ जरिवाना तोकेको स्थानीय कर्ण गुरुङले जानकारी दिए ।  

यो बैठकमा सयजनाभन्दा धेरैले जरिवाना तिरेको उनले बताए । जरिवानाबापत संकलन भएको रकम गोठ जाने बाटोघाटो बिग्रे भत्केको ठाउँमा मर्मत गर्ने गरिन्छ । साथै समय समयमा लेकमा पूजाआजा गर्नुपर्दा खर्च गर्ने गरिएको कर्ण गुरुङको भनाइ छ ।

‘गोठ सभा हाम्रो पुराने रीति हो,झण्डै गाउँमा मान्छे बस्न थालेदेखिको । यसले गाउँलेहरुलाई नियममा बाँध्ने काम गर्छ’,उनले भने,‘समितिले दुई ठाउँको सीमाना, लेक, वनजंगलको सीमाना, चरन क्षेत्र र व्यक्तिगत जग्गाको साँधसीमाना पनि हेर्छ । कसैको गाईवस्तु बालीमा पसे, नपसेको हेर्छ । कारबाही गर्नुपरे गर्छ । गाउँको रीतिथिति जोगाउँछ ।’ 

गुम्दालगायत लाप्राक, लापु, सिङ्ला, उहियालगायतका दुर्गम गाउँहरूमा गोठ समितिले गाउँका मुद्दा मामिला मिलाउने काम गर्छ । 

गोठ सभामा सम्पूर्ण गाउँलेहरू अनिवार्य रुपमा सहभागी हुनुपर्ने तथा सभाका नीति नियमहरूलाई पालना गर्नुपर्ने प्रावधान रहेको उनले बताए । गुम्दालगायत लाप्राक, लापु, सिङ्ला, उहियालगायतका दुर्गम गाउँहरूमा गोठ समितिले गाउँका मुद्दा मामिला मिलाउने काम गर्छ । 

कर उठाउने,समितिले कुन लेक कसको,कुन चरन, खर्क कसको,अरूको लेक,खर्क,चरनमा आफ्नो गाउँलेको गोठ गएमा छेक्ने, अरू गाउँका गाईबस्तु आए जरिबाना गर्नेलगायतका काम गोठ समितिले गर्ने लाप्राकका मार्सिङ गुरुङले बताए ।

धार्चेको गाउँहरुमा कोदो, मकै,आलु भित्र्याइसकेपछि वस्तुभाउ बारीमा झार्नु परेमा पनि गोठ समितिले अनुमति दिनुपर्ने पुरानो रीति छ । गोठ समितिले कसको वस्तुभाउ कुन हो ? कतिवटा छन् भन्ने पनि जानकारी राख्नुपर्ने हुन्छ ।

चरन र खर्क बन्द गर्ने, खोल्ने, रेखदेख गर्ने काम गोठ समितिको हो । धार्चेको गाउँहरुमा कोदो, मकै,आलु भित्र्याइसकेपछि वस्तुभाउ बारीमा झार्नु परेमा पनि गोठ समितिले अनुमति दिनुपर्ने पुरानो रीति छ । गोठ समितिले कसको वस्तुभाउ कुन हो ? कतिवटा छन् भन्ने पनि जानकारी राख्नुपर्ने हुन्छ ।

तर, कतिपय गाउँहरूमा गोठ र गोठालाहरू पनि घट्दै गएकाले गोठ समिति पनि हराउन थालेको धार्चे १ का वडाअध्यक्ष रामसिंह गुरुङले बताए । ‘हाम्रो गाउँमा त अचेल गोठ नै हराउन थालिसक्यो’,उनले भने, ‘त्यसैले यता गोठ समितिको बैठक पनि हुन छाड्यो ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.