हिउँद लागेको खुशियालीमा भद्रा मारेर उत्सव मनाउँदै लाप्राकी

हिउँद लागेको खुशियालीमा भद्रा मारेर उत्सव मनाउँदै लाप्राकी
सुन्नुहोस्

गोरखा : बर्खा सकिएर हिउँद लागेको खुशीयालीमा धार्चे ४ लाप्राकका बासिन्दाले हरेक वर्षजस्तै यसवर्ष पनि भद्रा मारेर खुशीयाली मनाएका छन्। सातसय घरधुरी लाप्राकी ठूलो आँगनमा भेला भई काँक्रोलाई भद्राको स्वरूप बनाई बली चढाएर उत्सव मनाएका हुन्।

‘भदौ लागेपछि अब बर्खा सकियो, हिउँद लाग्यो भनेर गाउँमा खुशीयाली मनाउने परापूर्व कालदेखिकै चलन छ’, तमु प्ले ल्हु संघ लाप्राकका अध्यक्ष बिसबहादुर गुरुङले भने, ‘काँक्रोलाई सिङ, पुच्छर, खुट्टा हालेर राक्षसको स्वरूप बनाउँछौँ। अनि त्यसलाई खुकुरीले मार हानेर बाली चढाउँछौँ। अनि भद्राको प्रसाद भनेर गाउँले सबै बाँडेर खान्छौँ।’ 

साथै लाप्राक गाउँका संस्थापक खम्बो र पैसापको सम्झनामा पूजाआजा गर्ने पनि उनले बताए। यस दिनमा करिब आठसय वर्षअघि लाप्राक गाउँ स्थापना गरेका खम्बो र पैसापलाई घरघरमा पूजा गर्ने चलन रहेको उनले बताए।

यो परम्परा लाप्राक गाउँ स्थापना भएदेखि चलिआएको हो भन्ने जनविश्वास छ। लाप्राकको चर्चित मकै विवाह, घाँटु पनि यही भद्रा मारेपछि मात्र मनाउने चलन रहेको घाँटु समितिका अध्यक्ष समेत रहेका बिसबहादुर गुरुङले बताए। ‘बर्खाका बेला जेजस्ता दुख भए पनि, गाउँलेहरू बीच जे जति मनमुटाब भएपनि अब हिउँद याम सुखद होस् भनेर यो पर्व मनाउने चलन छ’, उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.