ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु,श्रीमान घाइते

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु,श्रीमान घाइते
सुन्नुहोस्

झापा : झापाको दमकमा एक दम्पती सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी श्रीमान् घाइते भएका छन् । मंगलबार बिहान करिब  ८ बजेतिर पूर्व -पश्चिम राजमार्गको दमक पशुहाट नजिकै दमकबाट पाडाजुँगीतर्फ आउँदै गरेको प्र१–०२–००२ ख०९१२ नम्बरको बन्दाकोपी बोकेको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको प्र१–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

ठक्करबाट दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ४२ वर्षीया मुना गौतमको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै दुर्घटनामा परी मोटरसाइकल चालक कमल गाउँपालिका–५ निवासी ४३ वर्षीय शुकदेव गौतम घाइते भएका छन् । 

मृतक मुना मोटरसाइकल चालक गौतमको श्रीमती हुन् । घाइते गौतमको बायाँ खुट्टामा सामान्य चोट लागेको छ । उनको दमक अस्पतालमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय दमकले ट्रक चालक तेह्रथुम लालीगुराँस नगरपालिका–४ निवासी २५ वर्षीय आङ शेर्पासहित ट्रक र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.