मोरङबाट मोटरसाइकल चोर्ने दुईजना मेची पुलमा समातिए

मोरङबाट मोटरसाइकल चोर्ने दुईजना मेची पुलमा समातिए
सुन्नुहोस्

झापा : भद्रपुरको मेची पुलमा चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा गौरीगन्ज गाउँपालिका–५ निवासी २० वर्षीय रोम भन्ने प्रकाश यादव र बिर्तामोड नगरपालिका– १ निवासी २० वर्षीय ओमप्रकाश खड्का रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ परेका उनीहरूले गत साउन ३० गते राति १२ बजे मोरङ जिल्ला रतुवामाई नगरपालिका–४ आमवारि चोक निवासी पुष्पमाया खतिवडाको घर कम्पाउन्डमा पार्किङ गरी राखेको ३० प ९६७७ नम्बरको मोटरसाइकल चोरी गरेका थिए ।

 मोटरसाइकल चोरी गरी भद्रपुरतर्फ ल्याएको भन्ने सूचनाको आधारमा सोमबार भद्रपुर नगरपालिका–५ स्थित मेची पुलमा खटिएका प्रहरीले चेकजाँचको उनीहरूलाई मोटरसाइकलसहित पक्राउ गरेको थियो । उनीहरूले चोरेको मोटरसाइकल भारततर्फ लैजान खोजेका थिए । 

यता मोटरसाइकलसहित पक्राउ परेका यादव र खड्कालाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय सिजुवा मोरङ पठाइसकेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.