भारतीय क्रिकेटर चेतेश्वर पुजाराले गरे सन्न्यासको घोषणा

भारतीय क्रिकेटर चेतेश्वर पुजाराले गरे सन्न्यासको घोषणा
सुन्नुहोस्

काठमाडौं : भारतीय क्रिकेटर चेतेश्वर पुजाराले सन्न्यासको घोषणा गरेका छन्। उनले सम्पूर्ण फरम्याटको क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन्। 

उनले आइतबार सामाजिक सञ्जालबाट आफूले क्रिकेटबाट सन्न्यास लिएको बताए। ३७ वर्षीय पुजाराले २०२३ मा भारतका लागि वल्र्ड टेष्ट च्याम्पियनसिप खेलेका थिए। 

उनले समामाजिक सञ्जालमा लेखेका छन्,‘भारतीय क्रिकेट टिमको जर्सी लगाएर राष्ट्रिय गान गाउनु, मैदानमा आफ्नो सक्दो प्रयास गर्ने कुरा कुनै पनि शब्दमा बयान गर्न सकिँदैन। तर भनिन्छ नि, राम्रो कुराको पनि अन्त्य हुनु जरुरी छ। सम्पूर्ण फर्मयाटको क्रिकेटलाई सम्मान गर्दै म भारतीय क्रिकेट टिमबाट सन्न्यास लिने निर्णय गरेको छु।’

 
पुजाराले २ वर्षयता भारतको लागि टेष्ट क्रिकेट खेलेका छैनन्।  उनले २०१३ मा एकदिवसीय क्रिकेटमा भारतका लागि डेब्यु गरेका हुन्। उनले अन्तिम पटक २०१४ मा बंगलादेशसँग खेलेका थिए। 

२०१० मा भारतका लागि टेष्ट क्रिकेटमा डेब्यु गरेका पुजाराले १०३ टेष्ट म्याच खेलेका छन्। उनले टेष्ट क्रिकेटमा १९ वटा शतक र ३५ वटा अर्धशथक बनाएका छन्। 

भारतका लागि पुजाराले ५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.