बंगलादेशले भन्यो– मुक्ति युद्ध नरसंहारका लागि पाकिस्तानले माफी माग्नुपर्छ

बंगलादेशले भन्यो– मुक्ति युद्ध नरसंहारका लागि पाकिस्तानले माफी माग्नुपर्छ
सुन्नुहोस्

काठमाडौं : पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारले बंगलादेशसँग १९७१ को समाधान नभएका मुद्दा समाधान भएको दाबी गरेका छन्।

उनले बंगलादेश मुक्ति युद्धको समयमा भएको नरसंहारका लागि औपचारिक माफी र विभाजन पछि सम्पत्तिको समतामूलक वितरण जस्ता मुद्दा समाधान भएको दाबी गरेका हुन्।

इशाक दारले आइतबार भने,ʻजब परिवारभित्र दाजुभाइबीच मामिला समाधान हुन्छ, इस्लामले हामीलाई हाम्रो हृदय सफा गर्न पनि भन्छ।ʼ

तर बंगलादेशले उनको भनाइसँग असहमति जनाएको छ। बंगलादेशका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले पाकिस्तानी विदेशमन्त्रीको समाधान नभएका मुद्दा समाधान भएको भनाइसँग असहमति जनाए।

ʻम पक्कै पनि उहाँसँग सहमत छैन,ʼ तौहिद हुसेनले भने।

यसअघि पाकिस्तानी विदेशमन्त्रीमा बंगलादेशका विदेश मामिला सल्लाहकारलाई भेटेका थिए।

त्यो भेटघाटबारे कुरा गर्दै तौहिद हुसेनले बैठकमा दुवैले समाधान नभएका मुद्दामा आ–आफ्ना विचार प्रस्तुत गरे। भेटमा बंगलादेश र पाकिस्तानबीच एउटा सम्झौता र पाँच अन्य समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

बंगलादेशका विदेश मामिला सल्लाहकारलाई भेट्नुअघि दारले वाणिज्य सल्लाहकार शेख बशीरुद्दीनलाई भेटे। उनले दिउँसो बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसलाई पनि भेटे।

समाधान नभएका मुद्दा के–के हुन् ?

गत वर्ष अगस्ट २०२४ मा विद्यार्थी आन्दोलनको दबाबमा बंगलादेशमा शेख हसिनाको सरकार हटाइएको थियो र मोहम्मद युनुसको अन्तरिम सरकार सत्तामा आएको थियो। यसपछि बंगलादेश र भारतबीचको सम्बन्ध चिसो भएको थियो। त्यसपछि बंगलादेशले पाकिस्तानसँगको निकटता बढाएको हो।

विश्लेषकहरूले पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गरेपछि पनि बंगलादेश र पाकिस्तानबीच धेरै मुद्दा समाधान नभएको विश्वास गरेका छन्।  

दुई देशबीच विवाद भएका तीन मुख्य मुद्दाहरू छन्।  

– मुक्ति युद्धको समयमा बंगलादेशमा भएको नरसंहारका लागि पाकिस्तानले माग्यो माफी 
– विभाजन पछि पाकिस्तानको सम्पत्तिको समान वितरण
– दुवै देशका अलपत्र नागरिकहरूको फिर्ता

यी मुद्दामाथि विगतमा दुई देशबीच धेरै पटक छलफल भएको छ। तर कुनै स्पष्ट समाधान फेला परेको छैन।

आइतबार बिहान विदेश सल्लाहकारसँगको भेटपछि पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारले दुई देशबीचको समाधान नभएका मुद्दा पहिले नै दुई पटक समाधान भइसकेको दाबी गरे।

ʻयी समाधान नभएका मुद्दा दुई पटक समाधान भइसकेका छन्। १९७४ मा त्यसपछि २००० मा जब परवेज मुशर्रफ यहाँ आए। मुशर्रफले सम्पूर्ण पाकिस्तानी राष्ट्रको तर्फबाट बंगलादेशसँग कुरा गरे,ʼ दारले भने।

उनले समाधान नभएका मुद्दा औपचारिक रूपमा १९७४ मा नै समाधान भएको दाबी पनि गरे। उनले दुवै देशसँग ऐतिहासिक दस्ताबेज रहेको बताए।  

दारले भने,ʻमलाई लाग्छ अब हामीले नयाँ सुरुवात गर्नुपर्छ। हामीले इस्लामको शिक्षा, पवित्र कुरान र पैगम्बर मुहम्मदको हदीस अनुसार सँगै अगाडि बढ्नु पर्छ। हामी एक परिवार हौँ र हामीले सँगै काम गर्नुपर्छ।ʼ

ʻपाकिस्तानले माफी माग्नुपर्छʼ
तर बंगलादेशले पाकिस्तानी मन्त्रीको दाबीलाई अस्वीकार गरेको छ।

बंगलादेशका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले भने,ʻमुक्ति युद्धको समयमा गरिएका नरसंहारका लागि पाकिस्तानले माफी मागोस्।ʼ बंगलादेशले दुई देशबीच सम्पत्तिको विभाजन पनि चाहेको बताए।  

तौहीद हुसेनले भने,ʻबंगलादेशको अडान एकदमै स्पष्ट छ। हामी हाम्रो सम्पत्तिको मुद्दाको लेखाजोखा र समाधान चाहन्छौँ। हामी चाहन्छौँ कि पाकिस्तानले यहाँ भएको नरसंहारका लागि पछुतो व्यक्त गरोस् र माफी मागोस्। हामी चाहन्छौँ कि पाकिस्तानले बंगलादेशमा बसोबास गर्ने पाकिस्तानी जनतालाई फिर्ता लैजाओस्।ʼ

बंगलादेशले पाकिस्तानी विदेशमन्त्री डारसँग यो मुद्दा उठाएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.