ट्रम्पका सल्लाहकारको आरोप– रुसको कालो धन लुकाउन भारतले सहयोग गरिरहेको छ
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पीटर नवारोले रुसको कालो धन लुकाउन भारतले सहयोग गरिरहेको आरोप लगाएका छन्।
नवारोले शुक्रबार एक्समा पोस्ट गर्दै भारतीय तेल कम्पनीहरूले रुसबाट सस्तो तेल किनेर प्रशोधन गरेर युरोप, अफ्रिका र एसियामा बेचिरहेको दाबी गरे।
एक दिनअघि पिटर नवारोले युक्रेन युद्धलाई ʻमोदीको युद्धʼ भनेका थिए।
ʻभारतले अहिले प्रतिदिन १० लाख ब्यारेलभन्दा बढी परिष्कृत पेट्रोलियम निर्यात गर्छ। यो रुसबाट आउने कच्चा तेलको कुल परिमाणको आधाभन्दा बढी हो,ʼ नवारो दाबी गर्छन्।
उनले थप भने,ʻयसबाट हुने नाफा भारतका राजनीतिक रूपमा जोडिएका ऊर्जा व्यवसायीहरूलाई जान्छ र सिधै पुटिनको युद्ध कोषमा पनि जान्छ।ʼ
पिटर नवारोले भारत अमेरिकाको रणनीतिक साझेदार हुनुको फाइदा उठाउन चाहन्छ भने उसले पनि रणनीतिक साझेदार जस्तै व्यवहार गर्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस !