पूर्वराष्ट्रपति भण्डारीलाई सिमरामा ५१ किलोको माला
सिमरा : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई शनिबार सिमरामा ५१ किलोको मालाले स्वागत गरिएको छ । वीरगन्जमा आयोजना हुन लागेको महिला सम्मलेनमा सहभागी हुन आउने क्रममा भण्डारीलाई सिमरा विमानस्थलमा ५१ किलोको मालाले स्वागत गरिएको हो ।
पूर्वराष्ट्रपति भण्डारीलाई स्वागत गर्न एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटव्यूरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य अरविन्द सिंह, प्रदेश सचिव मनोज पौडेल, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाहसहितका नेता कार्यकर्ताले स्वागत गरेका थिए ।
भण्डारीलाई स्वागत गर्न बाराको चार वटै निर्वाचन क्षेत्रबाट एमालेका कार्यकर्ता र स्थानीय उपस्थित थिए । भण्डारीले विमानस्थलको बाहिरसम्म लामबद्ध भएर बसेका नेता कार्यकर्ता र स्थानीयसँग भेट गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस !