वीरगन्ज पुगेर गृहमन्त्रीले लिए हैजाका बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी

वीरगन्ज पुगेर गृहमन्त्रीले लिए हैजाका बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
सुन्नुहोस्

वीरगन्ज : गृहमन्त्री रमेश लेखकले पर्साको वीरगञ्जस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीको स्वास्थ अवस्था र स्वास्थ उपचारमा भइरहेको प्रयासबारे जानकारी लिएका छन् ।

शनिबार साँझ वीरगन्ज पुगेका गृहमन्त्री लेखकले वीरगन्जको नारायणी अस्पताल,तराई अस्पताल र वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्यबारे जानकारी लिएका हुन्।

गृहमन्त्री लेखकले वीरगन्जमा फैलिएको हैजा महामारी नियन्त्रणका लागि नेपाली सेनासहित तीनै सुरक्षा निकायका जनशक्ति खटाइने बताए । महामारी नियन्त्रणका लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री लेखकले केन्द्रीयसुरक्षा समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट मेडिकल फिल्डका जनशक्ति पठाउने निर्णय भएको बताए। अस्पताल प्रशासनबाट माग भए सुरक्षा निकायबाट तत्काल जनशक्ति र औषधि उपलब्ध गराइने उनको भनाइ थियो ।

‘नागरिकको जीवन जोगाउन कुनै कमी हुन दिन्नौँ। तपाईंलाई थप जनशक्ति वा औषधि आवश्यक भए नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको चिकित्सक टोलीका साथै औषधि र उपकरण तत्काल उपलब्ध हुन्छ,’ गृहमन्त्री लेखकले भने, 'यसका लागि केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरिसकेको छ ।'

हैजा पूर्णरुपमा नियन्त्रणमा ल्याउन सरकारले विशेषज्ञहरूसँग सल्लाह गरेर मूल कारण पहिचान गर्नुपर्नेमा उनले जोड दिए। गृहमन्त्री लेखकले हैजा महामारी क्षेत्रको वस्तु अवस्था बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका दुईजना डाक्टरलाई जिम्मेवारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.