बिजुली माग्दै सुदूरपश्चिमवासी : दिउँसै लालटिन बालेर काठमाडौंमा गरे प्रदर्शन

बिजुली माग्दै सुदूरपश्चिमवासी : दिउँसै लालटिन बालेर काठमाडौंमा गरे प्रदर्शन
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

अछाम : बिजुली माग गर्दै सुदूरपश्चिमका युवाहरूले काठमाडौंमा प्रर्दशन गरेका छन् । काठमाडौंको माइतिघर मण्डलामा बोलन्या थलीको संयोजकत्वमा युवाहरूले दिउँसै लालटिन बालेर शान्तिपूर्ण प्रर्दशन गरेका हुन् । अछामलगायत सुदूरपश्चिमका धेरै गाउँहरूमा लालटिन बाल्नुपर्ने बाध्यता रहेको भन्दै दबाबमुलक प्रदर्शन गरिएको हो । युवाहरू सुदूरपश्चिमी भाषामा लेखिएको प्ले कार्डसहित शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएका थिए।

उनीहरूले अधुरा पोलहरूका तार जोड,चार हजार परिवारको उज्यालोको अधिकार खोल,अछाम अँध्यारो भयोलगायतका प्ले कार्ड प्रर्दशन गरेका थिए । ठेकेदारको लापरवाही र विद्युत प्राधिकरणको गैरजिम्मेवारी पनका कारण भइरहेका काम समेत अलपत्र परेको उनीहरूको आरोप छ । तुर्माखाँद गाउँपालिकाको भुलु रहफ,ढकारी गाउँपालिकाको बलाता, ढुंगाचाल्ना, कमलबजार नगरपालिकाकाका  क्वाल्लेख,जामा,फल्टानेलगायत विकट गाउँमा विद्युत पुग्न नसकेको र लालटिनकै साहारामा बस्नु परेको स्थानीय कमलबजार नगरपालिका स्थानीय महेश जैशीले बताए । 

बोलन्या थलीका संयोजक यादव जोशीले सरकार र विधुत प्राधिकरण बिजुली  बेचेर अर्बौं फाइदामा गयौं भन्दै खुशी मनाउँदा सुदूरपश्चिमका बासिन्दा अँध्यारोमा रात काट्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । अछाम,दार्चुला,डडेल्धुरालगायतका जिल्लाका विकट बस्तीमा बिजुलीका लागि सरकारलाई लालटिन बालेर खोज्दै प्रदर्शन गरेको उनले बताए । 

विद्युत प्राधिकरण अछाम केन्द्रका प्रमुख हिक्मतबहादुर बिसीका अनुसार अहिले अछाममा ७० प्रतिशत पूर्ण विधुतिकरणको काम सम्पन्न भएको र बाँकी ठेक्कामार्फत् विधुतिकरणको काम जारी रहेको बताए । उनले हाल ठेक्का मार्फत् भइरहेका काम सम्पन्न भएपनि ९५ प्रतिशत मात्र विधुतिकरणको काम हुने बताए । 

बिसीका अनुसार अझै पनि ६ देखि ७ हजार घरधुरी बिजुलीबाट बञ्चित छन्। विद्युतिकरणका लागि ठेक्का भएका ठाउँमा वर्षाको समय भएकाले भनेको गतिमा कामहरू हुन नसकेको उनले बताए ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.