गौर हत्याकाण्डको अनुसन्धान सुरु, तीनपुस्ते खोज्दै प्रहरी

गौर हत्याकाण्डको अनुसन्धान सुरु, तीनपुस्ते खोज्दै प्रहरी

जनकपुरधाम : १९ वर्षअघि रौतहटको गौरमा भएको हत्याकाण्डको अनुसन्धान प्रहरीले अगाडि बढाएको छ । ७ चैत २०६३ मा २७ जनाको ज्यान जाने गरी दुई राजनीतिक पार्टीबीच भएको हिंसात्मक झडपका आरोपीमाथि प्रहरीले खोजतलास सुरु गरेको छ ।

हत्याकाण्डमा जसपा अध्यक्ष उपेन्द्र यादवसहित १ सय ३० जनामाथि प्रहरीमा किटानी जाहेरी परेको थियो । सोहीअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाइएको मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चर्तुवेदीले बताएका छन् ।

‘हामीले अनुसन्धान प्रक्रिया सुरु गरिसकेका छौं । जसअन्तर्गत आरोपित १ सय ३० जनाको तीनपुस्ते विवरण संकलनको कार्य भइरहेको छ’, डीआईजी चर्तुवेदीले अन्नपूर्णसँग भने, ‘प्रारम्भिक अनुसन्धानअनुसार आरोपीमध्ये ११ जनाको मृत्यु भइसकेको सूचना आएको छ तर, भनिएको कुरामा विश्वास गर्नुभन्दा पनि उनीहरूको मृत्युदर्ता प्रमाणपत्र खोज्ने र सो दिन तिनीहरूको भूमिकाबारे खोजतलास गरिरहेका छौं ।’

सर्वोच्च अदालतले गौरमा २७ जनाको ज्यान जानेगरी भएको हत्याकाण्डको घटनाबारे अनुसन्धान गर्न परमादेश जारी गरेसँगै प्रहरीको अनुसन्धान प्रक्रिया सुरु भएको हो । गौर घटनाका पीडितका तर्फबाट चार जनाले सर्वोच्च अदालतमा दुई वर्षअघि दायर गरेको रिट निवेदनमा जिल्ला प्रहरी कार्यालय गौरमा दायर गरिएको जाहेरी अघि बढाउन परमादेशको माग गरिएको थियो । सर्वोच्चका न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले उक्त मागबमोजिमको आदेश भाद्र २ गते दिएको हो ।

पीडितहरूले प्रहरीले घटनामा संलग्नमाथि अनुसन्धान र कारबाही प्रक्रिया अघि नबढाएको भन्दै आफूहरूको संवैधानिक उपचारको हक सुनिश्चित गरिदिन अदालतसमक्ष माग गरेको थियो । निवेदकहरूले २०६८ साल चैत २८ गते जिप्रका गौरमा जाहेरी दर्ता गराएको थियो ।

यता, गौरकाण्डका आरोपित उपेन्द्र यादव नेतृत्वकोे जसपा नेपालले आफ्नो अध्यक्षमाथि राजनीतिक प्रतिशोध साँधेको भन्दै सर्वोच्चको आदेशविरुद्धमा प्रदर्शन गर्दै आएको छ ।

१९ वर्षअघि गौरको राइस मिलमा यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम र पुष्पकमल दहाल नेतृत्वको नेकपा माओवादीको आमसभा एकै समय र एकै स्थानमा गर्ने विषयमा विवाद भई उग्र झडप भएको थियो । सो झडपमा ५ महिलासहित २७ जनाको निर्मम हत्या गरिएको थियो भने सय जनाभन्दा बढी घाइते भएका थिए ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.