झापामा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु

झापामा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु
सुन्नुहोस्

झापा : झापामा दुई छुट्टाछुट्टै स्थानमा भएको घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक पुरुषको खाटबाट लडेर र एक महिलाको डुबेर मृत्यु भएको हो ।  

प्रहरीका अनुसार गएराति साढे ९ बजे शिवसताक्षी नगरपालिका– ९ किरात चौकका ५० वर्षीय अनिल लिम्बूको खाटबाट लडेर मृत्यु भएको हो । आफ्नै घरको खाटमा सुतिरहेको अवस्थामा लडेर बेहोस भएका लिम्बूलाई उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोडमा पुर्‍याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । उनलाई विगत ३–४ दिनदेखि ज्वरो आएको थियो । लिम्बू पहिलेदेखि नै सुगर र प्रेसरको बिरामी भएका कारण औषधि सेवन गर्दै आइरहेका थिए । घटनाको बारेमा प्रहरी अनुसन्धान गरिरहेको छ । 

डुबेर महिलाको मृत्यु 

कचनकवलमा कमेरो माटो निकाल्न खनेको खाल्डोमा डुबेर एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ ५ बजे कचनकवल गाउँपालिका–२ रतिबारी बस्ने उखारू राजवंशीकी श्रीमती ४६ वर्षीया उजारी राजवंशी आफ्नो घरदेखि अन्दाजी १५० मिटर पश्चिम झारूँ राजवंशीको खेतमा कमेरो माटो लिन गएकी थिइन् । 

माटोको लागि खनेको गहिरो खाडलमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक उजारी छारे रोगबाट पीडित भएको स्थानीयवासीले बताएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.