काठमाडौंबाट गोरखा जाँदै गरेको बस दुर्घटना : २१ जना घाइते, केही गम्भीर
गोरखा : गोरखामा रात्रि बस दुर्घटना भएको छ। काठमाडौंबाट गोरखा जाँदै गरेको रात्री बस भीमसेन थापा गाउँपालिका-३ मा दुर्घटना हुँदा २१ जना घाइते भएको गोरखाका डीएसपी इन्द्र प्रसाद सुवेदीले जानकारी दिए।
उनका अनुसार गोरखा दरौदी यातायात सेवा प्रालिको बागमती प्रदेश ०१-००६ ख ४१३१ नम्बरको बस आज बिहान पौने ६ बजे दुर्घटना भएको हो। घाइतेमध्ये ३/४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ। घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरी आरुघाट अस्पतालमा उपचारका लागि पठाएका छन्।
बस रुखमा अड्किँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको बसमा सवार यात्रुले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस !