मध्यरातमा दुई घरमा आगलागी, अनुसन्धान गर्दै प्रहरी

मध्यरातमा दुई घरमा आगलागी, अनुसन्धान गर्दै प्रहरी
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

गोरखा : चुमनुब्री गाउँपालिका- २ ल्होको स्यो गाउँका दुई घर मध्यरातमा आगलागी भएर नष्ट भएका छन् । मंगलबार राति १ बजे एक्कासी भएको आगालागीमा परी स्थानीय पेम्बा छिरिङ लामा र लाक्पा नुर्बु लामाको घर जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

मान्छेको बसोबास नभएको अवस्थामा आगालागी भएकाले मानवीय तथा पशुचौपायाको क्षति भने नभएको प्रहरीले जनाएको छ ।अन्य क्षतिको विवरण आउन बाँकी रहेको छ । 

छोराछोरी काठमाडौंमा पढ्न गएका र घरमा बसोबास गर्ने श्रीमानश्रीमती आफन्तकोमा तथा बारीको गोठमा बसेका बेला घटना भएको निवर्तमान वडाअध्यक्ष पेम्बारिता लामाले जानकारी दिए । 

पर्वको अवसरमा घरमा बत्ती बालेर गएकाले सोही बत्तीबाट आगो सल्किएको स्थानीयको अनुमान छ । घटनास्थलमा प्रहरी चौकी लार्केबाट खटिएका प्रहरी पुगेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.