संसदीय सुनुवाइ समिति सभापति खतिवडाले लिए शपथ
काठमाडौं : संसदीय सुनुवाइ समितिका नव निर्वाचित सभापति रामहरि खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन्। कृषि समितिको हलमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष सभापति खतिवडाले शपथ लिएका हुन्।
गत शुक्रबार खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका थिए। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सु्शासन समितिको सभापति रहेका खतिवडाले संघीय निजामती सेवा विधेयक २०८० को कुलिङ अफ पिरियड सम्बन्धी प्रावधानमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेपछि राजीनामा दिएका थिए।
समितिकी यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त उक्त पदमा खतिवडा नियुक्त भएका हुन्।
प्रतिक्रिया दिनुहोस !