झापाको बिर्तामोडमा कर्फ्यु
झापा : जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडमा कर्फ्यु आदेश जारी गरेको छ। जेनजी युवा पुस्ताको आन्दोलन उग्र बनेपछि प्रशासन कार्यालय झापाले पूर्वमा बिर्तामोड बसपार्क छिर्ने मोडसम्म, पश्चिममा राम चोक, उत्तरमा महानन्दचोक र दक्षिणमा सैनिक मोड चार किल्ला तोकेर आज राति साढे ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।
उक्त आदेशसम्म सो क्षेत्रभित्र प्रदर्शन, बैठक, घेराउ गर्न नपाउने उनले बताए। कर्फ्यु आदेश जारी भएसँगै सो क्षेत्रमा नेपाली सेना परिचालन हुने भएको छ। जेनजी समूहले जिल्लाको विर्तामोड र दमकमा गरेको प्रदर्शन उग्र बनेको थियो।
प्रतिक्रिया दिनुहोस !