रुपन्देहीमा अनिश्चतकालिन निषेधाज्ञा आदेश

रुपन्देहीमा अनिश्चतकालिन निषेधाज्ञा आदेश
सुन्नुहोस्

भैरहवा : जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा आदेश जारी गरेको छ । सोमबार जिल्लामा जेनजीहरुले प्रदर्शनका साथै विभिन्न स्थानमा तोडफोड गरेपछि प्रशासनले राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । 

मंगलबार सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मंगलबार बिहान साढे ९ बजेदेखि जिल्लामा अर्को आदेश नभएसम्मका लागि जिल्लाभर लागू हुनेगरी निषेधाज्ञा आदेश जारी गरिएको रुपन्देहीका प्रमुख जिल्लाका अधिकारी डा. टोकराज पाण्डेले बताए ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भएर अनसन,धर्ना, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रशासनद्वारा जारी आदेशपत्रमा उल्लेख छ । आदेशको उल्लंघन गर्ने उपर कारवाही गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.