खानेपानी मन्त्री प्रदीप यादवले दिए राजीनामा

खानेपानी मन्त्री प्रदीप यादवले दिए राजीनामा
सुन्नुहोस्

काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले आज आफ्नो मन्त्री पदबाट राजीनामा दिएका छन्। जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएको घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएको उनको स्वकीय सचिवालयले जनाएको छ।

'हिजो जेनजी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु' मन्त्री यादवले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

'प्रिय युवा भाइ बहिनीहरू तपाईँ नै मेरो प्रथम सहयोगी र मेरो जोश र ऊर्जाका सूत्रधार हुनुहुन्छ। हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सही मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु,' उनले भनेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.