धनगढीमा कर्फ्यु जारी
धनगढी : जेनजी पुस्ताका युवाहरूको कार्यक्रम आन्दोलन उग्र भएपछि धनगढीमा कर्फ्यु जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले कर्फ्यु जारी गरेको हो।
उनीहरूले धनगढीको उत्तरबेहडीमा रहेको टेम्पल रिसोर्टमा रहेका सरकारी गाडीहरुमा पनि आगजनी गरेका छन्। रिसोर्टमा सरकारी कार्यक्रम चलिरहेको थियो। पार्किङमा राखिएका गाडीहरूमा अगजनी गरिएको हो।
यसअघि जेनजी पुस्ताका युवाहरुले धनगढीमा रहेको शेरबहादुर देउवाको निवासमा आगजनी गरेका छन् भने मुख्यमन्त्री कार्यालयमा पनि तोडफोड गरेका छन्। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ मा रहेको देउवाको निवासमा युवाहरूले केहीबेरअघि आगजनी गरेका हुन्।
देउवा निवास मर्मत भइरहेकै थियो। नाराबाजी गर्दै निवासमा पुगेका युवाहरूले अगजनी गरेका हुन्। यस्तै मुख्यमन्त्री कमलबहादुर शाहले चढने गाडीमा पनि प्रदर्शनकारीहरुले तोडफोड गरेका छन्। मुख्यमन्त्री कार्यालय भीत्रै प्रवेशको तयारी गरेका उनीहरूले कार्यालय बाहिर राखिएको गाडीमा तोडफोड गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !