नवलपरासीमा नेताका घर तथा पार्टी कार्यालयमा तोडफोड
नवलपरासी : प्रदर्शनकारीले नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय, कांग्रेसबाट निर्वाचित लुम्बिनी प्रदेश सभासद बैजनाथ कलवारको सम्पर्क कार्यालय तोडफोड र आगजनी गरेका गरेका छन्।
जिल्ला प्रशासन कार्यालयमा ढुङामुढा गरी क्षति पुर्याएका छन् । ढुङ्गामुढाले नेपाली सेनाको गाडीमा क्षति पुगेको छ भने एमाले पार्टी कार्यालयमा ढुङ्गामुढाबाट सामान्य क्षति पुगेको छ ।
प्रशासन अगाडि भएको प्रदर्शनमा प्रहरीले करिब २५ राउण्ड अश्रुग्यास प्रहार थियो । प्रदर्शनकारीले राजनीतिक दलका पार्टी कार्यालय र सरकारी कार्यालय निशाना बनाएर अहिले बजार क्षेत्रमा नाराबाजी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !