रास्वापले भन्यो- जेन्जीद्वारा प्रस्तावित प्रधानमन्त्री उम्मेदवारप्रति हाम्रो समर्थन रहन्छ

रास्वापले भन्यो- जेन्जीद्वारा प्रस्तावित प्रधानमन्त्री उम्मेदवारप्रति हाम्रो समर्थन रहन्छ
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले जेन्जीले प्रस्ताव गर्ने प्रधानमन्त्रीको उम्मेदवार आफूहरूलाई मान्य हुने बताएको छ। पार्टीका कावा सभापति डोलप्रसाद अर्यालले विज्ञप्ति जारी गरेर जेन्जीद्वारा प्रस्तावित प्रधानमन्त्रीको उम्मेदवारप्रति आफूहरूको समर्थन रहने जानकारी दिएका हुन्। 

'सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेन-जी पुस्ता सहितको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहनेछ। सो उम्मेदवारले वृहत राजनीतिक अनुमोदन प्राप्त गर्ने शुभेच्छा राख्दछ,' रास्वपाले भनेको छ।

त्यस्तै नेपालको संविधानको मर्म, संघीय गणतान्त्रिक शासन व्यवस्था, राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक प्रस्तावना, विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक हकको प्रत्याभूति जस्ता आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतामा राष्ट्रिय स्वतन्त्र पार्टीले कसैसँग कहिल्यै सम्झौता नगर्ने रास्वपाले स्पष्ट पारेको छ। 'संविधानको धारा ८३ अन्तर्गत संघीय व्यवस्थापिका दुई सदनात्मक हुने तथ्यको स्मरण गर्दै (रास्वपा सोच अनुरूप पछि संशोधनीय) राष्ट्रिय सभाको स्थायी स्वरुप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्नेगरी ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबीच सन्तुलन राख्न रास्वपा उचित ठान्दछ,' विज्ञप्तिमा भनिएको छ।

त्यस्तै राष्ट्रपतिको प्रत्यक्ष पहल र संवादका आधारमा आसन्न संक्रमणकालीन राजनीतिक कोर्सलाई संरक्षकत्व दिइने अपेक्षा राख्दै संविधानको व्यापक संशोधन, भाद्र २३, २०८२ को आन्दोलनमाथि भएको बर्बर दमन र तत्पश्चात भएका मानवीय क्षति, निजी र सार्वजनिक सम्पत्तिमाथिको आक्रमण लगायतका अक्षम्य हिंसात्मक घटनाहरुको उच्चस्तरीय न्यायिक छानबिन र २०४६ पछिका उल्लेख्य भ्रष्टाचारका मुद्दाहरूमाथि निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणका लागि स्वतन्त्र आयोगहरूको गठन नयाँ सरकार बनेको १५ दिनभित्र बनाउन सुझाव दिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.