सञ्जय साह (टकला) फर्किए कारागार

सञ्जय साह (टकला) फर्किए कारागार
सुन्नुहोस्

जनकपुरधाम : नख्खु कारागारबाट निस्केका जनकपुर बम काण्डका आरोपी सञ्जय साह (टकला) पुन ः कारागार नै फर्किएका छन् । 

बुधबार प्रदर्शनकारीले कारागारमा तोडफोड गर्न थालेपछि निस्केका साहले आफूलाई प्रहरीले हाजीर हुन भन्ने बित्तिकै कारागार फर्किने बताएका थिए । सोही अनुसार कारागार फर्किने क्रममा बिहीबार काभ्रेको मंगलटारमा उनी प्रहरी चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय भेटेपछि प्रहरीको नियन्त्रणमा पुगेको उनका समर्थक नविन यादवले बताएका छन् । ‘उनी आफै फर्किएका हुन् । कसैले पक्राउ गरेको होइन’, यादवले अन्नपूर्णसँग भने । 

पूर्वराज्यमन्त्री साहले जनकपुर बमकाण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका थिए । तत्कालीन अवस्थामा मधेशी जनअधिकार फोरम र सद्भावना पार्टीका सांसद समेत रहेका साह जनकपुरकै मिडिया उद्यमी अरुण सिंहानियाको हत्याका आरोपी पनि हुन् । 

यता, मधेशका तीनवटा कारागारबाट ९८३ कैदी फरार भएको प्रहरीले जनाएको छ । सप्तरीको राजविराज, महोत्तरीको जलेश्वर र रौतहटको गौर कारागारबाट उनीहरू आन्दोलन, आगजनी र जेलनै तोडफोड गरेर भागेका हुन् । 

सप्तरीको राजविराज स्थित सप्तरी कारागारबाट फरार भएका २०५ कैदीमध्ये ३१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने महोत्तरीको जलेश्वर कारागारबाट फरार भएका ५ सय ७५ कैदीमध्ये ३७ जना फर्किएको कारागारका सूचना अधिकारी रविन्द्र ठाकुरले जानकारी गराएका छन् । 

जलेश्वरमा फरार भएका २५ जना कैदी आफूखुशी फर्किएका हुन् भने भारतीय प्रहरीले पक्राउ गरेका फरार १२ जना कैदीबन्दीहरूलाई नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ । दुवै देशको प्रहरी बिच समन्वय गरि महोत्तरीको भिठ्ठामोड सिमामा ९ जनालाई जिम्मा लगाईएको हो । ३ जनालाई मनराशिसवा १० स्थित बथनाहा चौकीको जिम्मा लगाईएको प्रहरीले जनाएको छ । 

त्यसैगरी गौर कारागारबाट २३३ कैदी फरार भएका हुन् । सर्लाहीको मलंगवा कारागारमा कैदीहरू जेलमा आगजनी गरेर भाग्न खोज्दा तीनवटै सुरक्षा निकायले कडा सुरक्षा व्यवस्था गरि रोकेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.