जेनजी प्रदर्शनमा घटेका अप्रिय घटनाको तस्बिर, भिडियो पठाउन प्रहरीको आग्रह

जेनजी प्रदर्शनमा घटेका अप्रिय घटनाको तस्बिर, भिडियो पठाउन प्रहरीको आग्रह
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रहरीले जेनजी प्रदर्शनमा घटेका अप्रिय घटनाको तस्बिर, भिडियो पठाउन आग्रह गरेको छ। 

शुक्रबार एक सूचना जारी गर्दै प्रहरीले जेनजी प्रदर्शनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास सृजना हुने किसिमका अन्य विविध घटनासँग सम्बन्धित तस्बिर, भिडियो पठाएर सहयोग गर्न आग्रह गरेको हो।
 

सूचनामा भनिएको छ,ʻयही भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास सृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाईहरुसँग छ भने कृपया हामीलाई [email protected] मा पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौँ।ʼ

प्रहरीले उक्त घटनाको तस्बिर, भिडियो पठाउनेको गोपनीयता कायम रहने जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.