रुपन्देहीमा क्षतिको विवरण संकलन गर्न अझै चार दिन लाग्ने
बुटवल : जेनजी समूहले लगाएको आगलागीका कारण रुपन्देही जिल्लाभर भएको क्षतिको विवरण संकलन गर्न अझै कम्तीमा तीन देखि चार दिन लाग्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ। जिल्लाका प्रायः सबै जसो सरकारी कार्यालय जलेर नष्ट भएका छन्।
‘क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ’, प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले भने,‘जिल्लाभर भएको क्षतिको विवरण निकाल्न समय लागेको हो। बढीमा चार दिनभित्र सबै विवरण आइसक्छ।’ भैरहवा बुटवलसहित जिल्लाका धेरैजसो सरकारी कार्यालयहरूमा आगलागी भएको छ।
जिल्लास्थित एमाले, कांग्रेस, माओवादी र राजमोका पार्टी कार्यालयहरू पनि जलेर नष्ट भएका छन्। बुटवल र भैरहवामा रहेको भाटभटेनी सुपरमार्केटले आगोले ध्वस्त भएको भवनको मर्मत गर्ने काम अगाडी बढाइसकेको छ।
प्रतिक्रिया दिनुहोस !