एमालेलाई जेनजीको चाहना बमोजिम बनाइने ३२ विभागको प्रतिबद्धता
काठमाडौं : नेकपा एमालेका ३२ वटा केन्द्रीय विभागले पार्टीलाई जेनजीको चाहना बमोजिम बनाइने प्रतिबद्धता गरेका छन्।
पार्टीका ३२ केन्द्रीय विभागका सचिवको आज भर्चुअल बैठकपछि सार्वजनिक गरिएको अपिलमा पार्टीलाई जेनजीको चाहना बमोजिम बनाउँदै मुलुकका समग्र समस्या समाधान गर्न प्रतिबद्ध व्यक्त गरेका हुन्। 'एमालेलाई हालको जेनजीको चाहना बमोजिमको पार्टी बनाउँदै मुलुकका समग्र समस्या समाधान गर्न प्रतिबद्ध छौं,' अपीलमा भनिएको छ।
विभागले जेनजीको भावनाअनुसार वर्तमान संविधानको मर्म र परिधिभित्र रहेर तत्काल राष्ट्रिय सरकार गठन गरी वर्तमान राजनीतिक अन्योलताको अन्त्य गर्न माग गरेको एमाले सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए। उनले चाँडै राजनीतिक निकासका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सबै कामको अग्रसरता र नेतृत्वको लागि विशेष अनुरोध गरेको बताए।
प्रतिक्रिया दिनुहोस !