पार्टी कार्यालयमा ठूलो क्षति भयो : मीन विश्वकर्मा

पार्टी कार्यालयमा ठूलो क्षति भयो : मीन विश्वकर्मा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका नेताहरूले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीले ध्वस्त पार्टी कार्यालयको निरीक्षण गरेका छन्।

मंगलबार सानेपामा रहेको कांग्रेसको केन्द्रीय कार्यालयमा पुगेर युवा नेताहरूले पार्टी कार्यालयको निरीक्षण गरेका हुन्। पार्टी कार्यालयमा नेता तथा कार्यकताले पार्टीको झण्डाका साथै अग्रज नेताहरूको तस्बिर राखेका छन्। कांग्रेस नेता मीन विश्वकर्माले तोडफोड र आगजनीका कारण पार्टी कार्यालयमा निकै क्षति भएको जानकारी दिए।

आन्दोलनका क्रममा आफ्नो नेतामाथि भएको आक्रमण भएको सो दिनलाई कांग्रेसले कालो दिनका रूपमा स्मरण गर्ने उनले बताए। उनले छिट्टै भौतिकरूपमा पार्टीको केन्द्रीय समितिको बैठक बस्ने तयारी भइरहेको जानकारी दिए।

प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट दलका महत्त्वपूर्ण दस्तावेजहरू नष्ट हुनुका साथै ठूलो क्षति पुगेको कांग्रेसले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.