निर्माण सम्पन्न भएपछि सर्वोच्चको नयाँ भवनबाट सेवा सञ्चालन हुन्छ : मन्त्री घिसिङ

निर्माण सम्पन्न भएपछि सर्वोच्चको नयाँ भवनबाट सेवा सञ्चालन हुन्छ : मन्त्री घिसिङ
सुन्नुहोस्

काठमाडौं : सरकारका मन्त्रीहरूले जेनजी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण गरेका छन्। ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल बुधबार सर्वोच्च पुगेर क्षतिको अवस्थाका बारे जानकारी लिएका हुन्। 

मन्त्री घिसिङले आगजनीबाट अदालतमा ठूलो क्षति पुगेको बताए। उनले क्षतिको मूल्याङ्कन गरेर अघि बढ्ने जानकारी दिए। मन्त्री घिसिङले सर्वोच्च अदालतको बनिरहेको नयाँ भवन चार-पाँच महिनाभित्र निर्माण सम्पन्न भएकाले त्यहीँबाट पूर्ण सेवा सुरु हुने उल्लेख गरे।

उनले आगजनीबाट ध्वस्त भएका र बिग्रिएका सामानहरूको छिटो मुचुल्का उठाएर व्यवस्थापन गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताए। जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्चले भवन परिसरमा टेन्ट टाँगेर सेवा दिइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.