देउवाको सचिवालयले भन्यो- बदनाम गर्ने उद्देश्यले अत्यधिक पैसा भेटिएको प्रचार गरियो

देउवाको सचिवालयले भन्यो- बदनाम गर्ने उद्देश्यले अत्यधिक पैसा भेटिएको प्रचार गरियो
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले राजनीतिक दलको कार्यालय र नेताहरुको निजी निवासमा भएको आगजनीप्रति गम्भीर आपत्ति जनाएका छन्। देउवाको सचिवालयले विज्ञप्ति जारी गरेर आपराधिक क्रियकलापमा संलग्नलाई कारबाही गर्न माग गरेको छ।

'जेनजीको आन्दोलनलाई धमिलो बनाई आ-आफ्नो कुत्सित मनसाय पूरा गर्ने विभिन्न समूहहरूले २४ गते बिहानैदेखि अकल्पनीय ढंगको आतङ्क सिर्जना गर्ने, राजनीतिक दलको कार्यालय र नेताहरूको निजी निवास आक्रमण गर्नेजस्ता अपराधिक क्रियाकलाप भएकोप्रति भर्त्सना गर्दछौं। भदौ २४ गते डकैतीको शैलीमा नेपाली कांग्रेसका सभापतिको निवासमा प्रवेश गरेर सभापति देउवा, उहाँकी धर्मपत्नी केन्द्रीय सदस्य डा. आरजु राणा देउवालगायत माथि सांघातिक आक्रमण भएको छ,' विज्ञप्तिमा भनिएको छ।

त्यसका बावजुद पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले सामाजिक सञ्जाल भइरहेको टिकाटिप्पणीप्रति पनि देउवा सचिवालयले आपत्ति जनाएको छ। 'देउवा निवासमा अत्याधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ्ग रहेको' जस्ता कपोकल्पित समाचार सम्प्रेषण भइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सामाजिक सञ्जालमा देखाइएका दृश्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दुसित मनासयले बदनाम गर्ने उद्देश्यले फैलाइएका हुन्,' विज्ञप्तिमा भनिएको छ।

सामाजिक सञ्जालमा घरभित्र रहेको अण्डर ग्राउण्ड ट्याङ्कीलाई विभिन्न अनुमान गरेर प्रचारप्रसार गरेको सचिवालयको आरोप छ। सामाजिक सञ्जालमा देखाइएको स्थानमा पानी ट्याङकी रहेको सचिवालयले स्पष्ट पारेको छ।

'जनमानसमा अपमानित गर्ने मनसायले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृश्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू युट्युब तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको छ। यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहन्छौं,' विज्ञप्तिमा भनिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.