जेनजी आन्दोलन

देउवाको गर्दनमा धारिलो हतियार प्रहार, १२ वटा टाँका लगाइयो, निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

देउवाको गर्दनमा धारिलो हतियार प्रहार, १२ वटा टाँका लगाइयो, निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं : जेनजी आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवाको गर्दनमाथि धारिलो हतियार प्रहार भएको नेपाली कांग्रेसले जनाएको छ। गर्दनमाथि धारिलो हतियारले काटिँदा १२ वटा टाँका लगाउनु परेको कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

उनका अनुसार हतियारको विषयमा भने पुष्टि हुन सकेको छैन। 'डाक्टरले धारिलो हतियार प्रहारबाट गर्दनमाथिको छाला काटिएको र १२ वटा टाँका लगाइएको भन्नुभएको छ। तर, कस्तो हतियार प्रहार भयो भन्ने कुरा खुलेको छैन। विभिन्न भिडियोहरूमा प्रदर्शनकारीले ह्यामर र रेन्जहरू बोकेका देखेका छौं,' कार्यसम्पादन बैठकपछि उनले भने।

सभापति देउवा केही दिन अझै डाक्टरको निगरानीमा रहने उनले बताए। 'बाहिर निस्किँदा हेर्नेको भीड लाग्न सक्छ। सही उपचार नपाउन सक्छ। त्यसैले डाक्टरको परामर्शमा राख्न भन्नुभएको छ,' उनले भने।

सभापति देउवा र उनकी पत्नी आरजु राणाको स्वास्थ्यमा क्रमिक सुधार देखिएको उनले बताए। तर, सभापति देउवा कुरा गर्दा, हिंडडुल गर्दा चक्कर आउने गरेको प्रचार प्रसार विभाग प्रमुख विश्वकर्माले बताए। 'सभापतिज्यु उठ्दा चक्कर लाग्ने, धेरैबेर बोल्दा अप्ठ्यारो महसुस हुने गरेको छ,' उनले भने। 

कांग्रेसले सभापति देउवा र केन्द्रीय सदस्यसमेत रहेकी पत्नी आरजु राणामाथि भएको आक्रमणको निन्दा गर्दै दोषीमाथि कारबाही गर्न माग गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.