संविधानले नचिनेको सरकारले चुनाव गराउनेमा शंका छ : उपमहासचिव ज्ञवाली

संविधानले नचिनेको सरकारले चुनाव गराउनेमा शंका छ : उपमहासचिव ज्ञवाली
सुन्नुहोस्

नुवाकोट : एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको संविधानले नचिनेको सरकारले चुनाव गराउनेमा शंका उत्पन्न भएको बताएका छन्। एमाले जिल्ला कमिटी नुवाकोटको सातौँ पूर्ण बैठकको उद्घाटन गर्दै उनले यही अवस्थामा देशमा चुनाव हुनेमा शंका उत्पन्न भएको बताएका हुन्। 

उपमहासचिव ज्ञवालीले वर्तमान सरकारले दलहरूप्रतिको वास्तविक धारणा सबैभन्दा पहिले सार्वजनिक गर्नुपर्ने बताए। उनले वर्तमान संविधान बचाउने दायित्व एमालेलगायत सबै दलहरूको रहेको बताए। अहिलेको संविधान संकटमा रहेको बताए। 

उनले भने,‘संविधान जोगाउन चुनाव गर्नुपर्ने हुन्छ। सरकारको स्पष्ट धारणा आउनु पर्‍यो। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। संविधानको अपहरण गरेर हुँदैन।’ 

उपमहासचिव ज्ञवालीले जनताबाट निर्वाचित जनप्रतिनिधिले १० वर्ष अगाडि बनाएको वर्तमान संविधान उत्कृष्ट रहेको बताए। उनले केही असहज अवस्था आयो भन्दैमा संविधानलाई मृत शय्यामा पुर्‍याउन खोज्नु अधिनायकवाद भएको बताए। 

उपमहासचिव ज्ञवालीले एमालेमा नेतृत्वका लागि अहिले नै बहस गर्ने समय नआएको बताए। यद्यपि, एमालेमा युवालगायत जुनसुकै पुस्ता पनि पार्टीमा योगदान दिएकाहरू नै रहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.