शान्ति र न्याय खोजिरहेका इजलासहरू (फोटो फिचर)
काठमाडौं : न्यायको मन्दिर सर्वोच्च अदालतका इजलासहरू जलेर खरानी छन्। जल्न बाँकी रहेका केही मिसिल, कोइला बनेर बसेका फर्निचरका अवशेषहरू, कानुनका दस्ताबेजहरूको चित्कार छ। अरुलाई न्याय दिलाउने इजलासहरू आफैं शान्ति र न्याय खोजिरहेको देखिन्छ।
आइतबार बिहान १० बजे सर्वोच्च अदालत पुग्दा सर्वोच्च अदालत नै अन्यायमा परहेको भान हुन्थ्यो। भदौं २४ गते जेनसी आन्दोलनको आडमा सर्वोच्च अदालतमा विध्वन्स मच्चाइएको थियो। तीन दिनसम्म अदालतमा आगो बलेको थियो। त्यही आगोमा जलेर खरानी भएर धुँवामा उडेको न्यायलयको मिसिल अब कसरी फर्किन्छ? मुद्दा दर्ता गरेका पीडिहरुले कसरी न्याय पाउलान्? प्रश्नहरू तीखा-तीखा छन्।
हेर्नुस् तस्बिरहरू






















प्रतिक्रिया दिनुहोस !