गण्डकी गाउँपालिकाको हराएको ड्रोन १९ दिनपछि भेटियो
गोरखा : भदौ २३ गते कार्यालय प्रमुखको कार्यकक्षबाट हराएको ड्रोन असोज १० गते शुक्रबार फेला परेको गाउँपालिकाले सूचना जारी गरी जनाएको छ।
‘यस गण्डकी गाउँ कार्यपालिकाको कार्यालयबाट ड्रोन हराएको सार्वजनिक सूचना प्रकाशन गरिएकामा यही असोज १० गते मध्यान्न १२:४५ बजे गण्डकी ६ बनटारदेखि फिस्लिङ जाने सडक नजिकै स्थानीयले फेला पार्नुभै कार्यालयका कर्मचारीहरुमार्फत कार्यालयमा बुझाउनु भएको व्यहोरा जानकारीका लागि अनुरोध छ’, शुक्रबार सार्वजनिक गरिएको सूचनामा उल्लेख छ।
यसअघि गाउँपालिकाले ड्रोन हराएको १४ दिनपछि असोज ५ गते सार्वजनिक सूचना जारी गरी जानकारी गराएको थियो।
प्रतिक्रिया दिनुहोस !
४