आफ्नै कोठामा मृत भेटिए युवक, श्रीमतीसहित दुईजना पक्राउ

आफ्नै कोठामा मृत भेटिए युवक, श्रीमतीसहित दुईजना पक्राउ
सुन्नुहोस्

डडेलधुरा : डडेलधुराको अजयमेरु गाउँपालिका–५ देवलगाउँमा युवक मृत फेला परेका छन्। प्रहरीका अनुसार २९ वर्षीय महेन्द्र सार्की असोज ८ गते राति आफ्नै घरको कोठामा मृत भेटिएका हुन।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर बिष्टका अनुसार सार्की आफै सुत्ने कोठामा मृत फेला परेको खबर प्राप्त भएको थियो। उनको मृत्यु शंकास्पद भएको ठहर गर्दै प्रहरीले मृतकका श्रीमती र दाई नाता पर्नेलाई अनुसन्धानका लागि पक्राउ गरेको छ। 

प्रहरी टोली घटनास्थलमा पुगेपछि महेन्द्रको शव कोठाको खाट नजिकै रहेको र माथि प्लास्टिकको डोरी भेटिएको थियो। घटनास्थलमा प्रकृतिको आधारमा शंकास्पद अवस्थामा शव भेटिएकाले केही प्रारम्भिक प्रमाणका देखिएको हुँदा उनका नजिकका नातेदार र दाई नाता पर्ने माथि थप अनुसन्धान भइरहेको  प्रहरीको भनाइ छ।

सूचना अधिकारी डम्बर बिष्टका अनुसार मृतकको घरमा उनकी श्रीमती कमला सार्की, पाँच वर्षीय छोरा र अढाई वर्षीया छोरी बस्दै आएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक दम्पतीबीच दैनिक झगडा हुने गरेको र सोही कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ। दुई महिनादेखि मृतककी श्रीमती  माइती घरमै बस्दै आएकी थिइन् भने घटनाको दुई दिनअघि मात्रै उनी घर फर्केकी थिइन्।

प्रहरीले मृतककी श्रीमती कमलालाई नियन्त्रणमा  लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। साथै मृतकका दाजु नाता पर्ने जोगराम सार्कीलाई पनि घटनामा संलग्नताको आशंकामा नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक विष्टले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.