नक्साल भगवतीमा राष्ट्रपति पौडेलद्वारा पूजाअर्चना

नक्साल भगवतीमा राष्ट्रपति पौडेलद्वारा पूजाअर्चना
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकामा रहेको महत्वपूर्ण शक्तिपीठ मध्येको नक्साल भगवतीको दर्शन गरेका छन्। महाअष्टमीका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले काठमाडौंको नक्साल भगवतीमा प्रथम महिला सविता पौडेलसहित पुगेर दर्शन गरेका हुन्।

अघिल्ला वर्षमा शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी इन्द्रयणी पुगेर पूजा आराधना र दर्शन गर्ने गरेको भए पनि यसपटक नक्साल भगवतीको मात्र दर्शन गर्नुभएको र अन्य शक्तिपिठमा भेटी पठाएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। 

दसैंका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ। 

nullnullnullnull


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.