एसियन हाइवेको डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

एसियन हाइवेको डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
सुन्नुहोस्

झापा : झापामा भारी वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पानीको बहाव बढेपछि निर्माणाधीन एसियन हाइवेको डाइभर्सन ठाउँ ठाउँमा बगाउँदा सवारी आवागमन अवरुद्ध भएको हो । 

काँकडभिट्टाको काली खोलामा बनाइएको डाइभर्सनमा ओभरफ्लो भएर माथिबाट पानी बगिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलले जानकारी दिए । त्यस्तै माइधार र दुधेबिच भोला खोलाको डाइभर्सन बगाउँदा यात्रुहरू अलपत्र परेको उनले बताए । डाइभर्सन बगाउँदा साना दूरीका सवारीसाधन चलेपनि लामो दूरीका सवारीसाधन नचलेको उनको भनाई छ । लामो दूरीका सवारी साधनहरूलाई हिजैबाट चल्न सरकारले रोक लगाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.