भ्रष्टाचारविरुद्धको जेनजीका अभियानमा साथ दिन्छौं : महेश बस्नेत
काठमाडौं : नेकपा एमालेका स्थायी कमिटीका सदस्य महेश बस्नेतले भ्रष्टाचारविरुद्धको जेनजीका अभियानमा साथ दिने बताएका छन्। पार्टी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले आफूहरूविरुद्धको छानबिनमा पनि साथ दिने बताए।
‘भ्रष्टाचारविरुद्धको जेनजीका अभियानमा साथ दिन्छौं। हामीविरुद्ध पनि आशंका छ भने छानबिनमा साथ दिन्छौं। तपाईंहरुलाई उचालेर र घाइतेको रगतमा होलि खेलेर सरकारमा गएकाको पनि छानबिन गर्नुपर्छ,' उनले भने।
उनले छानबिनको दायरा फराकिलो बनाएर काम गर्न आयोग र सरकारलाई आग्रह गरेका थिए। प्रतिनिधिसभा पुनःस्थापना गरेर जेनजीका केही माग पूरा गर्न सकिने भएकाले एमाले त्यसतर्फ अगाडि बढ्ने उनको भनाइ थियो।
नेता बस्नेतले अन्तरिम सरकारका मन्त्रीहरू कुलमान घिसिङ र रामेश्वर खनालविरुद्ध विभिन्न मुद्दा रहेकाले त्यसमाथि पनि छानबिन हुनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस !