सरकार संविधान विपरीत बनेको छ, गृहमन्त्री प्रतिशोध राखेर, भ्रम छरेर शान्ति भङ्ग गराउन खोज्दैछन् : महेश बर्तौला

सरकार संविधान विपरीत बनेको छ, गृहमन्त्री प्रतिशोध राखेर, भ्रम छरेर शान्ति भङ्ग गराउन खोज्दैछन् : महेश बर्तौला
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका नेता महेश बर्तौलाले अहिलेको सरकार जनादेश र संविधान विपरीत बनेको बताएका छन्। बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्याल प्रतिशोध, झुट, भ्रम, असत्य र बेइमानको एक असली सेवक भएको आरोप लगाएका छन्। 

उनले गृहमन्त्री अर्याल केहि मुठ्ठिभर बुख्याचाहरु खडा गरि उनीहरूमार्फत देशमा शान्ति भंग गराउन अराजक र अनधिकृत कृयाकलापहरु गर्न लगाउने, संवैधानिक निकायलाई दवाब सिर्जना गर्न उक्साउने,  पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरूका विरुद्ध झूटो र षडयन्त्रमूलक कृतिम मुद्दा दर्ता गराउने काममा लागेको दाबी गरेका छन्। 

‘जनादेश र संविधान विपरीत बनेको अहिलेको सरकारको गृहमन्त्री प्रतिशोध, झूट, भ्रम, असत्य र बेइमानको एक असली सेवक रहेछन्।’ उनले भने,‘यतिबेला  उनी स्वयमको प्रत्यक्ष संलग्नता र योजनामा नै केहि मुठ्ठिभर बुख्याचाहरु खडा गरि तिनिहरूमार्फत देशमा शान्ति भङ्ग गराउन अराजक र अनधिकृत क्रियाकलापहरु गर्न लगाउने,  राज्यका विभिन्न अङ्गका पदाधिकारी तथा राष्ट्रसेवकहरुलाई धम्क्याउने, उनीहरूका मनोबल गिराउने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालत जस्ता निष्पक्ष र स्वतन्त्र ढङ्गले काम गर्ने महत्वपूर्ण संस्थाका नेतृत्व हटाउन  भन्दै अवान्छित दवाब सिर्जना गर्न उक्साउने,  पुर्व प्रधानमन्त्री तथा मन्त्रीहरूकाविरुद्ध झुठो र षडयन्त्रमूलक कृतिम मुद्दा दर्ता गराउने, मिडिया ट्रायल र सोसियल मिडियामा प्रायोजित र भ्रामक सामग्री हरु सहित क्याम्पेन संचालन गर्न लगाउने जस्ता अति घृणित धन्दा मिसन बनाएरै निर्वस्त्र ढङ्गले चलाइरहेका छन्।’

उनले देश र जनताको जिउ धनको सुरक्षाको जिम्मेवारी समेत लिएर बसेको गृहमन्त्री आफैँ मुलुकका सबै क्षेत्रमा भय, त्रास,  प्रतिशोध र आतङ्कको साम्राज्य खडा गरि शासनमा रहिरहन सकिन्छ भन्ने खराब चिन्तनबाट उद्धत रहेको दाबी गरे। बर्तौलाले भने, ‘देश र जनताको जिउ धनको सुरक्षाको जिम्बेवारी समेत लिएर बसेको गृहमन्त्री आफैँ मुलुकका सबै क्षेत्रमा भय , त्रास,  प्रतिशोध र आतङ्कको साम्राज्य खडा गरि त्यसैको बलबाट मात्रै शासनमा रहिरहन सकिन्छ भन्ने खराब चिन्तनबाट उद्दत रहेको प्रष्टै देखिन्छ । जुन उनी स्वयमका लागी समेत असाध्यै भारी पर्ने निश्चित नै रहेको छ । यति कुरा चाहिँ बुझेरै राखौं रात जतिसुकै लामो भए पनि बिहानी भएरै छोड्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.