क्रिकेट खेलाडीका नाममा हुलाक टिकट प्रकाशन

क्रिकेट खेलाडीका नाममा हुलाक टिकट प्रकाशन
सुन्नुहोस्

काठमाडौं : हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ। नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाए। 

विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला यू-१९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा टाँचा लगाउनका साथै प्रदर्शनी गरेको हो।

खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेका नेपाली क्रिकेट खेलाडीहरूको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागले जनाएको छ। 

विभागले २०८१ चैत्र १७ गतेको निर्णय अनुसार १० रुपैयाँ दरको पाँच लाखप्रति हुलाक टिकट प्रकाशन गरेको हो।
नेपालले सन् २०२४ को जुन १ देखि २९ सम्म अमेरिका र वेष्ट इन्डिजमा भएको नवौँ संस्करणको विश्वकपमा सहभागी भएको थियो। एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा दोस्रो हुँदै नेपाली टिम विश्वकप खेल्न सफल भएको थियो।

यस्तै महिला क्रिकेटको उमेरसमूह अन्तर्गत यु-१९ विश्वकप क्रिकेटमा नेपाली टिमले खेलेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.