४० वर्ष नाघ्नुभयो ? एक पटक अनिवार्य आँखा जँचाउनु होस्
तपाईं कति वर्ष पुग्नुभयो ? यदि ४० वर्ष नाघ्नु भएको छ भने वर्षको एक पटक आँखा जँचाउनु होस्। ४० वर्ष कट्नु भएको छैन भने पनि आँखाको हेरचाहमा ध्यान दिनुहोस्। आँखाको हेरचाहको लागि यी उपाय अपनाउन सक्नुहुन्छ।
-दिनको कम्तीमा दुई पटक सफा पानीले आँखा धुने
-नियमित खानामा भिटामिनयुक्त आहार खाने
-मधुमेह र उच्चरक्तचाप भएका व्यक्तिहरूले नियमित आँखा जँचाउने
-४० वर्ष उमेर नाघेका व्यक्तिहरूले वर्षको एक पटक अनिवार्य आँखा जँचाउने
-विद्यालय भर्ना गर्नुअघि बालबालिकाको आँखा जँचाउने
-आँखामा चोटपटक लाग्नबाट जोगाउने
-आँखामा कुनै पनि समस्या पर्दा तुरुन्तै आँखा उपचार केन्द्रमा जाने
प्रतिक्रिया दिनुहोस !