एकै सिजनमा लाप्राकका १० जनाले गरे मनास्लु आरोहण

एकै सिजनमा लाप्राकका १० जनाले गरे मनास्लु आरोहण
मनास्लु आरोहण गर्दै आरोही ।
सुन्नुहोस्

गोरखा : आरोहीको गाउँ भनेर परिचित गोरखाको लाप्राकका १० जनाले यो सिजनमा मनास्लु हिमाल आरोहण गरेका छन् । आरोहण संस्कृतिलाई बढवा दिइरहेको धार्चे गाउँपालिका–४ लाप्राकका १० जनाले विश्वको आठौं, नेपालको सातौं अग्लो मनास्लु हालसालै आरोहण गरेका हुन् ।

स्वदेशी, विदेशी गरी ३ सय ७४ जना आरोहीले मनास्लु आरोहण गर्न अनुमति लिएकामा लाप्राक एउटै गाउँका १० जनाले सफल आरोहण गरेका आरोही तुलसिङ गुरुङले जानकारी दिए ।

उनका अनुसार लाप्राकका बुद्ध गुरुङ, सन्दीप गुरुङ, सुजन गुरुङ, तिरज गुरुङ, इमान गुरुङले यो सिजनका विभिन्न मितिमा मनास्लु आरोहण गरेका हुन् । त्यस्तै, रामबहादुर गुरुङ, पूर्ण गुरुङ, आशिष गुरुङ, डम्बर गुरुङ र सुजल गुरुङले यो सिजनमा मनास्लु आरोहण गरेका उनको भनाइ छ ।

धार्चे गाउँपालिकाबाट अरू दुई जनाले पनि यो सिजनमा मनास्लु आरोहण गरेका छन् । धार्चे २ रुन्चेतका नवराज गुरुङ र सोही वडाको केरौंजाका हरिबहादुर गुरुङले पनि यही सिजनमा मनास्लु आरोहण गरेका हुन् । 

सोलुखुम्बुका शेर्पा समुदायपछि सबैभन्दा धेरै हिमाल आरोहण गर्नेमा गोरखा लाप्राकका गुरुङ समुदाय छन् । उनीहरूले विभिन्न कम्पनीमा आबद्ध भई गाइड तथा शेर्पा बनेर हिमाल आरोहणलाई व्यावसायिकता अपनाउन थालेका आरोही तुल्सिङ गुरुङको भनाइ छ । आरोहणलाई व्यवसायका रूपमा अपनाउनेहरूलाई प्रोत्साहन गर्न गाउँपालिका तथा धार्चेका सामाजिक संघसंस्थाहरूले हिमाल आरोहीहरूलाई समय समयमा अभिनन्दन गर्ने गरेको छ ।

मनास्लु गोरखाको चुमनुब्री गाउँपालिका–१ मा अवस्थित ८,१६३ मिटर अग्लो हिमाल हो । यसलाई किलर माउन्टेन भनेर पनि चिनिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.