भालुको आक्रमणबाट गम्भीर घाइते महिलाको उद्धार
गोरखा : भालुको आक्रमणमा परी गम्भीर घाइते भएकी गोरखाकी एक महिलाको उद्धार गरिएको छ। चुमनुब्री गाउँपालिका-५ ड्याङकको पुजु गोठमा बस्ने ७४ वर्षकी टासी भुटी लामालाई सोमबार दिउँसो दुई बजे हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
लामालाई आइतबार मध्यरातमा भालुले आक्रमण गरेको प्रहरीको भनाइ छ। राति १ बजे बाहिर आवाज आएको र सो आवाज कसको हो भनी बाहिर निस्केर हेर्दा भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !