सुनापतीका ७७ घर पहिरोको उच्च जोखिममा

सुनापतीका ७७ घर पहिरोको उच्च जोखिममा
सुन्नुहोस्

रामेछाप : २०७२ सालको विनाशकारी भूकम्पपछि सुरक्षित घर बनाएर बसेका जिल्लाका सुनापती गाउँपालिका–३ केउरेनीका ७७ घर पहिरोको उच्च जोखिममा छन्। यही असोजमा परेको अविरल वर्षाका कारण खानीखोलाको सतहबाट पहिरो जान थालेपछि जमिन भासिँदै गएर पहिरो बस्तीसम्म आइपुगेको छ। पहिरोले जमिन भासिएपछि केउरेनीका १० वटा घर बस्नै नहुने गरी चर्किएका छन् भने बाँकी घरहरू पनि पूरै असुरक्षित छन्।

तत्काल राहत र बस्ती स्थानान्तरण गर्नुपर्ने केउरेनीका स्थानीयहरूको माग छ। ‘रातभर सुत्न सकिँदैन निन्द्रा लाग्दैन कसरी बस्ने यस्तो घरमा’, स्थानीय नारायण पाठक भन्छन्, ‘अहिले पनि तल्लो भागमा सुक्खा पहिरो गइरहेको हुन्छ, जमिन नै १०० मिटर जति भासिसकेको छ सानोतिनो वर्षाले नै गाउँ बगाउने जोखिम छ राज्यले हाम्रो जिउधनको सुक्षा तत्काल गर्नुपर्छ।’

केउरेनीका ७७ घरधुरीका सयौं नागरिक विस्थापित हुने अवस्थामा छन् भने गाँस, बास र कपाससम्मको अभावमा जिउनुपर्ने बाध्यता सृजना भएको छ। यता गाउँपालिकाले तत्काल पुनर्स्थापना गर्न पालिका विभिन्न विद्यालय र अस्पतालमा सार्ने तयारी गरेको छ भने आवश्यक परेका पालिकाको भवनमै राखेर खाने बस्ने व्यवस्था गर्ने पालिका प्रमुख ठूलोकान्छा तामाङले जानकारी दिए।

‘दुई तीन ठाउँमा जग्गा हेरिरहेका छौं’, जिल्लाबाट नापी शाखा र मालपोत कार्यालयबाट टोली आउनेबित्तिकै प्रक्रिया अगाडि बढाउने पनि प्रमुख तामाङले बताए। पालिकाले पूर्ण क्षति भएका नागरिकलाई तत्काल १५ हजार र सामान्य क्षति भएकालाई ५ हजार राहत उपलब्ध गराउने निर्णय भएको पनि पालिका प्रमुख तामाङले जानकारी दिए। यदि वर्षा हुन लाग्यो भने घरमा नबस्नु पालिकामा आउनु खाने बस्ने व्यवस्था पालिकाले गर्नेछ भन्दै स्थानीय पीडितलाई तामाङले आग्रहसमेत गरेका छन्। पालिका प्रमुख ठूलोकान्छा तामाङ, उप–प्रमुख गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत सुरेश श्रेष्ठलगायत सञ्चारकर्मीले पहिरोको स्थलगत अनुगमन गरेका थिए। 

बस्ती सार्ने र पुनर्स्थापना गर्ने कुरामा के गर्न सकिन्छ तत्काल पहल अगाडि बढाउने जिल्ला व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए। आफूले प्राधिकरणसँग बुझेर काम अगाडि बढाउने पनि प्रजिअ थापाले बताए। राज्यका निकायले बेलैमा ध्यान नदिने र बेवास्ता गर्ने हो भने केउरेनीवासी ७७ घरधुरी खानी खोलामा पुग्नेछन् भने लाखौंको धनजनको क्षति हुने देखिन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.