मधेश मुख्यमन्त्रीको पहिलो निर्णय ‘हेल्लो सिएम’ सुचारु गरिने

मधेश मुख्यमन्त्रीको पहिलो निर्णय ‘हेल्लो सिएम’ सुचारु गरिने
सुन्नुहोस्

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले सपथसँगै पदभार ग्रहणको पहिलो निर्णयमा ‘हेल्लो सिएम’ सुचारु गर्ने निर्णय गरेको छ। बिहीबार मुख्यमन्त्री पदको सपथसँगै पदभार ग्रहण गरेका मुख्यमन्त्री सोनलले मधेशको पहिलो मुख्यमन्त्री लालबाबु राउत गद्दीले सुचारु गरेको ‘हेल्लो सिएम’ एप पुनः सुचारु गर्ने निर्णय गरेको हो।   

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मुख्यमन्त्री बनेका सोनलले भोजपुरी भाषामा सपथ लिएर जनकपुरधामको मुजेलिया स्थित शहीद स्मारक पुगेका उनले शहीद शालिकमा माल्यार्पण गरेका थिए। मुख्यमन्त्रीसँगै विना विभागीय मन्त्री महेश प्रसाद यादव र कनिष पटेल मन्त्री मन्त्रीमा सहभागी भएका छन्।

पद तथा गोपनीयताको सपथपछि पदभार ग्रहण गरेका सोनलले प्रदेशको जनताको गुनासो, भनाइ र विचार प्रत्यक्ष रूपमा राख्न पाओस् त्यसका लागि ‘हेल्लो सिएम’ एप सुचारुको तयारी गरिएको बताए। उनले पदभार ग्रहण गरेपछि निर्णयहरू मन्त्रिपरिषद्को बैठकबाट हुने भएकाले सबैभन्दा पहिले एप निर्माण गर्ने बताए।

मधेस प्रदेश सरकारको पहिलो कार्यकालमा तत्कालिन मुख्यमन्त्री लालबाबु राउतले समेत हेल्लो सिएम एप बनाएका थिए। हिंसामा परेको महिलाको सुरक्षाका लागि एप निर्माण गरेका थिए तर उक्त एप सार्वजनिक भएको केही दिनमै प्लेस्टोरबाट हराएको थियो।

५ दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोनलले अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित १२ वटै मन्त्रालय आफ्नो मातहतमा राखेका छन्। राजनीतिक दलमा भागबन्डा मिलेपछि विना विभागीय मन्त्री एवं थप मन्त्री थप्ने योजना रहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.