बंगलादेशमा मागियो पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

बंगलादेशमा मागियो पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड
सुन्नुहोस्

काठमाडौं  :  बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरिएको छ। गत वर्ष विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनमा मानवताविरुद्धको अपराध गरेको आरोप लगाउँद‌ै उनीलाई मृत्युदण्डको माग गरिएको हो।

अदालतमा अभियोजन पक्षले पूर्वप्रधानमन्त्री हसिनाको भूमिका मानवताविरुद्धको अपराध भएको जिकिर गर्दै मृत्युदण्डको माग गरेको हो। बंगलादेशका प्रमुख अभियोजक ताजुल इस्लामले भने,' 'हसिनालाई मृत्युदण्ड दिनुपर्छ। मानवीयरूपमा सम्भव नभएकाले मृत्युदण्डको माग गर्छौं।'

बंगलादेशमा भएको विद्यार्थी विरोध प्रदर्शन हिंसात्मक बन्दा सुरक्षा बलको कारबाहीमा धेरै मानिसहरूको मृत्यु भएको थियो। जसका कारण शेख हसिनाले सत्ता छोड्नुपरेको थियो।

हसिना हाल भारतमा शरण लिएर बसेकी  छिन्। उनीविरुद्ध मुद्दा चलिरहेको बेला एउटा अडियो क्लिप बाहिरिएको आएकझ छ ,जसमा उनले सुरक्षा बललाई प्रदर्शनकारीहरूविरुद्ध घातक हतियार प्रयोग गर्न आदेश दिएको सुनिन्छ।

यद्यपि, हसीनाले यी आरोपलाई अस्वीकार गरेकी छिन्। गत वर्षको हिंसामा लगभग १ हजार ४०० जनाको ज्यान गएको थियो । यसलाई सन् १९७१ को स्वतन्त्रता युद्धपछिको बंगलादेशको सबैभन्दा खराब हिंसा मानिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.