दोलखा बजारमा साप्ताहिक हाटबजार

दोलखा बजारमा साप्ताहिक हाटबजार
सुन्नुहोस्

दोलखा : प्राचीन सहर दोलखा बजारमा कात्तिक १ गतेदेखि हाटबजार सुरु गरिएको छ। स्थानीय उत्पादन प्रवर्द्धनका लागि र हाटबजार हराउँदै जाने अवस्था भएपछि सफल सहयात्री महिला समूहको पहल र वडा नं. २ को अपनत्वमा प्रत्येक शनिबार नियमित रूपमा हाटबजार सञ्चालन हुने भएको हो।

प्रख्यात दोलखा भीमेश्वर मन्दिर अवस्थित दोलखा बजारमा कात्तिक १ गतेबाट सुरुवात भएको साप्ताहिक हाटबजारमा दोलखाको खेलाप, फुलपा, डोक्थली, सोक्ला, गगरास लगायतका ठाउँहरूमा उत्पादन भएका खुर्सानी, कागती, निबुवा, जुनार, अम्बा, सयपत्री, मखमली फूल, किवी, साग, बाटेको धुप, कोदोबाट बनेका तयारी परिकारहरू, चोयाबाट बुनेको डोको, नाम्लो, अम्रिसोको कुचो, अन्नपात घर लिप्ने माटो किनबेच हुनेछ। 

६ महिनाअघि नै हाटबजार सञ्चालन गर्न सके खस्किँदै गएका दोलखा बजारलाई चलायमान बनाउन सकिएला कि भनेर सामान्य छलफल भएको थियो। अहिले सफल सहयात्री महिला समूह नै हाटबजार सञ्चालन गर्ने भनेर अगाडि बढेको वडाध्यक्ष स्तालिन श्रेष्ठले बताए। केही तयारी नुहुँदा पनि पहिलो दिन नै यति राम्रो चहलपहल भएको उनको भनाइ छ। 

स्थानीय अर्गानिक चिजहरू बिक्री वितरण गर्ने र दोलखा भीमेश्वर दर्शन गर्न आउने दर्शनार्थीहरूले पनि ताजा तरकारी, फलफूल पहिचानको रूपमा लैजान सक्ने व्यवस्थाको सुरुवात भएको अध्यक्ष श्रेष्ठले बताए। थामी जातिका महिलाहरू ४० वर्षभन्दा तलका र १८ वर्षभन्दा माथिका महिलाहरू मात्र रहेर सुरुवात गरेको समूहको हाटबजारमा बिक्रीका लागि ल्याइएका स्थानीय उत्पादन बिक्री नभए वडाले व्यवस्थापन गरी दिने पनि उनले बताए। 

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.