तिहारलाई स्वागत गर्दै दोहोरो अंकले बढेर बन्द भयो सेयर बजार

तिहारलाई स्वागत गर्दै दोहोरो अंकले बढेर बन्द भयो सेयर बजार
सुन्नुहोस्

काठमाडौं : तिहार बिदाअघिको अन्तिम कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। यसदिन नेप्‍से परिसूचक १६.६७ अंकले बढेर २५०३.८५ विन्दुमा पुगेको हो।सेन्सेटिभ इन्डेक्स ०.५३  प्रतिशतले बढेर ४३७.६० विन्दुमा पुगेको छ।

३२३ स्क्रिप्सको ६१ लाख ९९ हजार ९२९ कित्ता सेयर २ अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९ रुपैयाँमा खरिदबिक्री भए। यसदिन आत्मनिर्भर लघुवित्त  वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्यो। यसैगरी हिमालयन पावर पार्टनरको ९.८९ प्रतिशतले बढ्दा भगवती हाइड्रोपावर डेभलपमेन्टको ९.८८ र एसियन हाइड्रोपावरको ७.८० प्रतिशतले बढ्यो। 

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २८ करोड मूल्य बराबरको सेयर कारोबार भयो। हिमालयन डिस्टिलरीले २५ करोडको सेयर कारोबार गर्दा युनियन हाइड्रोपावरले १६ करोड,सीईडीबी होल्डिंक्स र हिमालयन रिइन्स्योरेन्सले  ९/९ करोड बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये १६८ वटा स्टक्सको मूल्य बढ्दा ७८ वटाको घट्यो। ८ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। तीन समूहको उपसूचक घट्दा अन्य समूहको उपसूचक भने सकारात्मक देखिए। डेभलपमेन्ट बैंक, म्युचुअल फण्ड र नन लाइफ इन्स्योर‍ेन्सको उपसूचकबाहेक अन्यको उपसूचक घटेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.