विधिवत् छठ सुरु, आज ‘नहाय खाय’

विधिवत् छठ सुरु, आज ‘नहाय खाय’

जनकपुरधाम : तराई-मधेशमा श्रद्धा र नियम निष्ठापूर्वक मनाइने छठ शनिबारबाट विधिवत् रुपमा सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन आज ‘नहाय खाय’ विधिसँगै विधिवत् रुपमा छठ प्रारम्भ भएको हो ।

छठको पहिलो दिन नुहाएर चोखो भई खाने विधिलाई ‘नहाय–खाय’ भन्ने गरिन्छ । प्रायः बढीजसो महिलाहरूले मनाउने छठ पर्व प्रारम्भ भएसँगै चोखो चनाखो भएर सम्पूर्ण विधिहरू गर्नुपर्ने मान्यताअनुरुप आज ‘नहाय खाय’ विधि हुँदैछ । 
आजदेखि ब्रत बस्ने महिलाहरूले माछा, मासु, लसुन, प्याजसहित ब्रतमा प्रतिबन्ध गरिएका सामग्रीहरू नखाने मान्यता रही आएको जनकपुर उप–महानगरपालिका १४ की ब्रतालु सुनिता सिंह बताउँछिन् ।

छठ पर्वको दोस्रो दिन ‘खरना’ विधि गरिन्छ । जनकपुरधामसहित देशभरि तथा भारतीय राज्य विहारमा भव्यतापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन भोलि ब्रतालुहरुले रातिमा मिठा (सख्खर) मा बनाइएको खीर खाएको विधिलाई ‘खरना’ भन्ने गरिन्छ ।

अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जिबप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महत्त्वपूर्ण पर्व छठको तयारी जनकपुरधाममा जोडतोडका साथ सुरु भएको छ । नियम निष्ठा र विधिपूर्वक मनाईने साँझा सांस्कृतिको रुपमा रहेको छठ पर्वमा आवश्यक पर्ने सामग्रीहरूको जोहो र किन मेल गर्न सर्वसाधारण अहिले व्यस्त छन् ।

भागवान सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दुध, माटोको हात्ति, ढकनी, चढाउने परम्परा रहेको पूर्व प्राज्ञ रामभरोष कापडि भ्रमर बताउँछन् । छठ पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन एक बिहानै नुहाई धुआई गरी निराहार ब्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ दिने परम्परा रही आएको छ । तराई मधेशमा यस विधिलाई साँझको अर्घ अर्थात ‘सझुका अर्घ’ भनिन्छ ।

पोखरी, ईनार, तलाउ, नदी, आदि ठाउँहरूमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अघ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ । बिहानको उदाउँदो सूर्यलाई दिइने अघलाई ‘भोरका अर्घ’ भनिन्छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.