टूथब्रशमा हुन्छन् लाखौँ ब्याक्टेरिया, यसलाई कसरी सफा राख्ने ?

टूथब्रशमा हुन्छन् लाखौँ ब्याक्टेरिया, यसलाई कसरी सफा राख्ने ?

काठमाडौं : टूथब्रश एउटा सानो पारिस्थितिक प्रणाली हो। यहाँ लाखौँ सूक्ष्मजीव हरेक दिन फस्टाउँछन्।

यसको भाँचिएको र टुक्राटुक्रा भएका रेशा सुख्खा माटो जस्तै देखिन्छन्। यसमा हरेक पटक पानी हाल्दा अस्थायी रूपमा ओसिलो र पोषक तत्त्वले भरिपूर्ण हुन्छ। यी मसिना प्लास्टिक फाइबर भित्र लाखौँ जीव बस्छन्।

टूथब्रशमा अहिले १० लाखदेखि १ करोड २० लाख ब्याक्टेरिया र फङ्गस हुन सक्छन्। यी सयौँ विभिन्न प्रजातिबाट आउँछन् र टूथब्रशको सतहमा जैविक तह बनाउँछन्।

कतिपय पुराना ब्रिसलका दरारबाट पनि प्रवेश गर्छन्। हरेक दिन ब्रस गर्दा पानी, र्‍याल, छालाका कोष र स–साना खाद्य कणभित्र छिराउँछौँ। यी सबैले ब्याक्टेरियाका लागि प्रजनन स्थल सिर्जना गर्दछ।

कहिलेकाहीँ नजिकैको शौचालय फ्लश गर्दा वा झ्याल खोल्दा हावामा रहेका सूक्ष्मजीव पनि त्यसमा मिसिन्छन्। त्यसपछि दिनमा दुई पटक यो मिश्रण हाम्रो मुखमा राख्छौँ र वरिपरि घुमाउँछौँ।

त्यसोभए के हामीले हाम्रो टूथब्रश कति सफा छ भनेर चिन्ता गर्नुपर्छ ?

यो प्रश्नले वर्षौंदेखि दन्त चिकित्सक र डाक्टरलाई सताउँदै आएको छ। त्यसैले उनीहरूले  टूथब्रशमा कस्ता जीव बस्छन्, तिनीहरू कति खतरनाक हुन सक्छन् र ब्रश कसरी सफा राख्नुपर्छ भनेर बुझ्ने प्रयास गरेका छन्।

सूक्ष्मजीव कहाँबाट आउँछन् ?
ʻटुथब्रसहरूमा भएका सूक्ष्मजीव तीन मुख्य स्रोतबाट आउँछन्। हाम्रो मुख, हाम्रो छाला, र टूथब्रस भण्डारण गरिएको ठाउँʼ, जर्मनीको राइन–वेइल युनिभर्सिटी अफ एप्लाइड साइन्सेजका सूक्ष्मजीवविद् मार्क–केभिन जिन भन्छन्,ʻयसले टूथब्रसमा हुने माइक्रोबियल प्रदूषणको अनुसन्धान गर्छन्।ʼ

तर टूथब्रश प्रयोग गर्नु अघि नै यसमा ठूलो संख्यामा सूक्ष्मजीव उपस्थित हुन सक्छन्।

ब्राजिलमा गरिएको एक अध्ययनले विभिन्न कम्पनीबाट खरिद गरिएका ४० वटा नयाँ टूथब्रशको जाँच गर्‍यो। नतिजामा तीमध्ये आधा पहिले नै विभिन्न प्रकारका ब्याक्टेरियाबाट संक्रमित भएको पत्ता लाग्यो।

खुशीको कुरा के छ भने धेरैजसो सूक्ष्मजीव  हानिरहित हुन्छन्। धेरैजसो हाम्रो आफ्नै मुखबाट आउँछन् । हामीले ब्रस गर्दा ब्रिसल्सले हाम्रो मुखमा रहेका सूक्ष्मजीव जस्तै रोथिया डेन्टोकारियोसा, स्ट्रेप्टोकोकस माइटिस र एक्टिनोमाइसेस परिवारका ब्याक्टेरिया उठाउँछन् ।

यी सबै सामान्यतया हाम्रो मुखमा पाइन्छन् र हानिरहित हुन्छन्। केहीले हाम्रो दाँतलाई किरा लाग्ने ब्याक्टेरियाबाट जोगाउन पनि मद्दत गर्छन् ।

यीमध्ये केही जीव लुकेका छन्, जुन हाम्रो लागि हानिकारक छन् ।

हानिकारक ब्याक्टेरिया
ʻसबैभन्दा खतरनाक स्ट्रेप्टोकोकी र स्टेफिलोकोकी हुन्। यसले दाँत किरा लाग्छ,ʼ ब्राजिलको साओ पाउलो विश्वविद्यालयका दन्तचिकित्सा प्राध्यापक भिनिसियस पेड्राज्जी बताउँछन्,ʻअन्य जीवले गिजाको सूजन निम्त्याउँछन्। यो अवस्थालाई पिरियडोन्टल रोग भनिन्छ।ʼ

अनुसन्धानकर्ताले ब्याक्टेरिया र फङ्गस पनि फेला पारे जुन सामान्यतया टूथब्रशमा हुनुहुँदैन। जस्तै एस्चेरिचिया कोलाई, स्यूडोमोनास एरुगिनोसा र एन्टेरोब्याक्टेरियासी, जुन पेटको संक्रमण र खाना विषाक्ततासँग जोडिएको छ।

अध्ययनहरूले टूथब्रशमा क्लेब्सिएला निमोनिया   र क्यान्डिडा यीस्ट जस्ता ब्याक्टेरिया पनि फेला पारेको छ।

यी सूक्ष्मजीव ब्रस, हात धुन प्रयोग गर्ने पानी वा ब्रस भण्डारण गरिएको वातावरणबाट आउन सक्छन्। 

बाथरूम न्यानो र आर्द्र ठाउँहरू हुन्। यहाँ हावामा प्रायः स–साना पानीका थोपा बन्छन्। यसलाई एरोसोल भनिन्छ। यी थोपाले हावामा ब्याक्टेरिया र भाइरस फैलाउन सक्छन्। मार्क–केभिन जिनका अनुसार यही कारणले गर्दा बाथरूममा भण्डारण गरिएका टूथब्रश दूषित हुने सम्भावना बढी हुन्छ।

धेरैजसो मानिसको बाथरूममा शौचालय पनि हुन्छ र यहीँबाट चीज अलि गडबड हुन्छन्।

शौचालयको फ्लश
प्रत्येक पटक शौचालय फ्लश गर्दा पानी र दिसाका स–साना थोपा १.५ मिटर (करिब पाँच फिट)सम्म हावामा छर्किन्छन्। यी एरोसोल–जस्तो थोपामा ब्याक्टेरिया र फ्लू, कोभिड–१९ वा नोरोभाइरस जस्ता संक्रामक भाइरस पनि हुन सक्छन्। यसले बान्ता र पखाला जस्ता रोग निम्त्याउँछ।

टूथब्रस शौचालय नजिकै राखिएको छ भने फ्लस गरेपछि यी थोपा ब्रिसलहरूमा बस्न सक्छन्।  संक्रमणको सबैभन्दा ठूलो जोखिम फ्लस गर्दा प्रत्यक्ष सास फेर्दा हुन्छ। भविष्यमा फ्लस गर्नु अघि शौचालय सिट छोप्नु राम्रो विचार हो।

साझा बाथरूममा यो समस्या झनै बढ्छ। एउटा विश्वविद्यालयको अध्ययनले यस्ता बाथरूममा रहेका ६० प्रतिशत विद्यार्थीको टूथब्रशमा मल ब्याक्टेरिया हुने र कहिलेकाहीँ एक व्यक्तिको टूथब्रशबाट ब्याक्टेरिया अर्को व्यक्तिमा सर्ने पत्ता लगायो।

तर वास्तविक वातावरणमा सूक्ष्मजीवको अस्तित्वबारे अनुसन्धान गर्ने अमेरिकाको इलिनोइसस्थित नर्थवेस्टर्न युनिभर्सिटीकी प्राध्यापक एरिका हार्टम्यानले शौचालयको प्लुमहरू प्रायः भनिएजस्तो चिन्ताजनक नहुन सक्ने बताइन्।

उनको अध्ययनले इलिनोइसका मानिसबाट सङ्कलन गरिएका ३४ वटा टूथब्रशमा धेरै कम मल ब्याक्टेरिया फेला पारेको छ।  

तर केही अनुसन्धानले इन्फ्लुएन्जा र कोरोना भाइरस जस्ता भाइरसहरू टूथब्रशमा धेरै घण्टासम्म बाँच्न सक्ने देखाएको छ।  

सार्वजनिक स्वास्थ्य एजेन्सीले टूथब्रस साझा नगर्न सिफारिस गरेका छन्। धेरै व्यक्तिको टूथब्रस एउटै क्षेत्रमा राखिएको छ भने एकअर्कालाई छुनुबाट पनि रोक्नुपर्छ।  

रोचक कुरा के छ भने टूथब्रसमा पाइने केही भाइरस हाम्रो लागि पनि फाइदाजनक हुन सक्छन्।

हार्टम्यान र उनको टोलीले टूथब्रशमा ब्याक्टेरियोफेज भनिने भाइरस पनि हुने पत्ता लगाएको छ। यसले ब्याक्टेरियालाई संक्रमित गर्छ। मानिसलाई नभइ तिनीहरूको संख्या नियन्त्रण गर्न मद्दत गर्छ।

जोखिम कति छ ?
धेरैजसो अवस्थामा संक्रमणको जोखिम धेरै कम हुन्छ। तर कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसका लागि यो चिन्ताको विषय हुन सक्छ। किनकि उनीहरू संक्रमणका लागि बढी संवेदनशील हुन्छन्।

जिनको अनुसन्धान र टूथब्रशमा पाइने ब्याक्टेरियाको डीएनए विश्लेषण गर्ने अध्ययनले केही ब्याक्टेरियाले जीन बोक्छन् र यसले तिनीहरूलाई एन्टिबायोटिक प्रतिरोधी बनाउँछ भन्ने पत्ता लगाए।

यसको अर्थ यी ब्याक्टेरियाले संक्रमण फैलाए भने उपचार गर्न गाह्रो हुन सक्छ।

यसैबीच इटालीका ५० जना विद्यार्थीको टूथब्रशमा गरिएको एक अध्ययनले ती सबैमा धेरै औषधिको प्रतिरोधी ब्याक्टेरिया रहेको पत्ता लगाएको छ।

केही टूथब्रशहरूमा एन्टिमाइक्रोबियल कोटिंग पनि हुन्छ। यसले ब्रशमा ब्याक्टेरियाको संख्या नियन्त्रण गर्ने दाबी गर्छ। तर धेरैजसो अध्ययनले यी उपचार अप्रभावी भएको र कहिलेकाहीं प्रतिरोधी ब्याक्टेरिया प्रजातिको वृद्धिलाई पनि प्रोत्साहित गर्न सक्ने पत्ता लगाएका छन्।

वास्तवमा ब्याक्टेरिया कम गर्ने सबैभन्दा सजिलो तरिका भनेको ब्रस गरेपछि आफ्नो टूथब्रसलाई कोठाको तापक्रममा सिधा सुकाउन दिनु हो। इन्फ्लुएन्जा र कोरोना भाइरस जस्ता धेरै भाइरस सुकेपछि टुक्रिन्छन्।  

अमेरिकन डेन्टल एसोसिएसन र हालसम्म युएस सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)ले पनि टूथब्रशको टाउको नढाक्न वा बन्द कन्टेनरमा भण्डारण नगर्न सिफारिस गरेको छ।  

टूथब्रस कसरी सफा राख्ने ?
टूथब्रसलाई जीवाणुमुक्त बनाउन धेरै तरिका सुझाव दिइन्छ। पराबैंगनी प्रकाशदेखि डिशवाशर वा माइक्रोवेभमा राख्नेसम्म। केही तरिका पूर्णतया अप्रभावी साबित भएका छन्। जस्तै हेयर ड्रायरले सुकाउने वा ह्विस्कीको गिलासमा ब्रश डुबाउने। माइक्रोवेभ प्रयोगलाई सामान्यतया सबैभन्दा प्रभावकारी मानिन्छ। तर यसले ब्रिसल पग्लने वा क्षति पुर्‍याउने जोखिम पनि बोक्छ।

टूथपेस्टले ब्रशमा सूक्ष्मजीवको संख्या केही हदसम्म कम गर्न सक्छ। पानीले कुल्ला गर्नाले पनि केही ब्याक्टेरिया हट्छ। तर धेरै बाँकी रहन्छन् र बढ्न जारी राख्छन्।

केही अनुसन्धानकर्ताले ब्याक्टेरिया कम गर्न एक प्रतिशत सिरकाको घोल सबैभन्दा प्रभावकारी विधि हुन सक्ने सुझाव दिए। तर यसले ब्रशमा हल्का स्वाद छोड्छ। अर्को पटक ब्रश गर्दा अप्रिय हुन सक्छ। ब्रशको टाउकोलाई एन्टिसेप्टिक माउथवाशमा पाँचदेखि दस मिनेटसम्म भिजाउनु पनि प्रभावकारी हुन्छ।

पुरानो ब्रसका भाँचिएका र जीर्ण ब्रसले ब्याक्टेरिया, ओसिलोपन र पोषक तत्वलाई लामो समयसम्म समातेर राख्छन्। यसले गर्दा सूक्ष्मजीव फस्टाउन सक्छन्। यही कारणले गर्दा अमेरिकन डेन्टल एसोसिएसन जस्ता संस्थाले प्रत्येक तीन महिनामा टूथब्रस बदल्न सिफारिस गर्छन्।  कमजोर प्रतिरक्षा प्रणाली भएकाका लागि अझ बढी पटक।

जिनको अनुसन्धानले यो पनि टूथब्रशमा ब्याक्टेरियाको संख्या प्रयोग सुरु गरेको करिब १२ हप्ता पछि उच्चतम स्तरमा पुग्ने पत्ता लगायो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.