ब्रतालुले उदाँउदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ

ब्रतालुले उदाँउदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ

महोत्तरी : मंगलबार  बिहानै उदाँउदो सूर्यलाई अर्घ्य अर्पण गरे लगतै यस वर्षको छठ पर्व सम्पन्न भएको छ । तराई-मधेशका क्षेत्रमा बिहानदेखि आकाशमा बादल ढाकेकोले घडीको समयको आधारमा अर्घ्य दिएका छन् । तराईका कतिपय क्षेत्रमा भने ब्रतालुले यसपटक सूर्यका दर्शन गर्न पाएका छैनन्।

उनीहरूले घडीको समय हेरेर सूर्य उदयको आँकलन गर्दै ब्रतालु जलाशयमा बनाएका घाट पुगेका थिए । जहाँ उनीहरुले अहिले केहीबेर अगाडि एकसाथ पूजा सामग्रीसहित भगवान सूर्य (षष्ठी) लाई अर्घ्य दिएका हुन् ।

चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने चैते छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने विधिलाई ‘नहाय–खाय’ भन्ने गरिन्छ । खासगरी महिलाहरुले मनाउने यस छठ पर्वमा छठ पर्व प्रारम्भ भएसँगै चोखो चनाखो भएर सम्पूर्ण विधिहरू गर्नुपर्ने मान्यता रही आएको जनकपुर उप–महानगरपालिका १४ बस्ने सुनिता सिंह बताउँछिन् ।

भगवान् सूर्य देवको उपासना गरिने छठमा ब्रतालुले ब्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दुध, माटोको हात्ती, ढकनी, चढाउने परम्परा रहेको छ । छठ पर्वको मुख्य दिन मानिने षष्टि तिथिका दिन एक बिहानै नुहाईधुवाई गरी निराहार ब्रत बसेका ब्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ्य दिने परम्परा रही आएको छ । तराई मधेशमा यस विधिलाई साँझको अर्घ्य अर्थात् ‘सझुका अर्घ्य’ भनिन्छ ।

पोखरी, ईनार, तलाउ, नदी, आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ । बिहानको उदाउँदो सूर्यलाई दिइने र्घ्यलाई ‘भोरका अर्घ’ भनिन्छ । यसरी उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ विधिवत रुपमा सम्पन्न हुन्छ । अहिले घरघरमा नागेदार, ईष्टमित्रलाई प्रसाद वितरण गर्दैछन् । योसँगै यसपटकको महापर्व छठ सम्पन्न भएको छ ।

nullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.