युएईसँग नेपाल पाँच विकेटले पराजित

युएईसँग नेपाल पाँच विकेटले पराजित

काठमाडौं : आइसीसी विश्वकप लिग-२ को जारी शृंखलामा नेपालले दोस्रो हार व्यहोरेको छ। नेपाल युएईसँग ५ विकेटले पराजित भएको हो।

युएईको आइसीसी क्रिकेट एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २३३ रन बनाएको थियो। नेपालले दिएको २३४ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४३.३ ओभरमा ५ विकेटको क्षतिमा २३७ रन बनाउँदै नेपालले दिएको लक्ष्य पूरा गर्‍यो। 

युएईका लागि ओपनर ब्याटर आर्यान्स शर्माले ९८ रनको उत्कृष्ट पारी खेले। युवा ब्याटर आर्यान्स शर्माले ९७ बलमा १० चौका र ३ छक्का प्रहार गरे। युएईको सम्हालिएको ब्याटिङको साझेदारी तोड्न नेपाली बलरलाई निकै गाह्रो भयो। 

पहिलो विकेट ६३ मा ओपनर अलिशान सर्राफुको विकेट गएको थियो। अलिशानले ४५ रन बनाएर क्याच भए। दोस्रो विकेट सोयब खान डक आउटको रुपमा पेभेलियन फर्किए। २ विकेट पछि ११८ मा कप्तान राहुल चोपरा रिटार्यट हर्ट भए। ३३.५ ओभरमा कुशल भुर्तेलले मोहम्मद वसिमलाई २६ रनमा रनआउटको रुपमा डगआउटमा फर्काए। 

सन्दीप लामिछानेले नेपालका लागि सबैभन्दा महँगो बनेका आर्यान्स शर्माको विकेट लिए। ध्रुव परासर र जहिद अलि क्रमशः १६ र ६ रनमा अविजित रहे। नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले २ विकेट लिए। करण केसी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए। 

त्यसअघि ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले १३० बलमा ५ चौका र २ छक्कासहित १०९ रनको शतकीय पारी खेलका थिए। ओपनर आसिफ शेखले ३५ रन बनाए। आरिफ शेखले २७ रन बनाए। आरिफले कप्तान रोहितसँग चौथो विकेटको लागि ७० रनको अर्धशतकीय साझेदारी गरेका थिए। 

पाँचौं विकेटको रूपमा ऐरी रनआउट भए। उनले पाँचौं विकेटका लागि कप्तान रोहितसँग ५४ रनको साझेदारी गरेका थिए। उनी ४१.२ ओभरमा रन आउट भए। त्यसपछि आएका गुल्सन झा डकआउट भए। सोमपाल कामी ६ रनमा बोल्ड भए। करण केसी १३ रनमा क्याच भए। सन्दीप लामिछाने ३ रनमा अविजित रहे। ललित अन्तिम बलमा क्याच हुँदा नेपाल अलआउट भएको हो। 

युएईका लागि जहिद अलिले सर्वाधिक ४ विकेट लिए। जुनैद सिद्धिकीले ३ विकेट लिँदा मोहम्मद रोहिद, हैदर अलिले १-१ विकेट लिए। नेपाल जारी प्रतियोगिताको पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.